Welcome, Guest Log In Sign Up  

महिनौं बितिसक्दा पनि प्रमुखबिहीन भएको नेपाल राष्ट्र बैंक

rajuby raju
Mon Mar 8, 2010 12:56 pm NST

नेपाल राष्ट्र बैंक प्रमुखबिहीन भएको महिनौं बितिसक्दा पनि सत्तारुढ दुई दल कांग्रेस र एमाले अझै गभर्नरमा आ-आफ्नै च्याँखे र अड्को थापेर रमाइरहेका छन् । सरकारको आर्थिक सल्लाहकार समेत रहेको राष्ट्र बैंकजस्तो जिम्मेवार निकायमा राजनीतिक खिचातानी र विवादले गभर्नर नियुक्ति वीरबलको खिचडीजस्तै बन्दै जानुले समस्या झन्-झन् चर्कि्रंदै गएको छ । गभर्नर पदमा यतिसम्म राजनीतिकरण भएको छ कि नियुक्ति विवादले दुई दल कांग्रेस र एमालेबीच नै असमझदारी पैदा भएको छ ।

सामान्यतया गभर्नरको म्याद सकिनुअघि नै नयाँ गभर्नर नियुक्त गरिसक्नुपर्ने भए पनि राजनीतिक खिचातानीकै कारण अहिलेसम्म गभर्नर नियुक्ति हुन सकेको छैन । अर्थमन्त्रीको संयोजकत्वमा गठित समितिले सिफारिस गरेका तीनमध्ये एकलाई गभर्नर चुन्नुपर्ने भए पनि दुई दलबीचको खिचातानीले केन्द्रीय बैंक लामो समयदेखि नतृत्वविहीन बनेको हो । समितिले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। युवराज खतिवडा अर्थसचिव रामेश्वर खनाल र नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर वीरविक्रम रायमाझीको नाम सिफारिस गरेको थियो । यसबारे सहमति जुटाउन पटक-पटक बसेको दुई दलको बैठकले निष्कर्ष निकाल्न नसक्नुले पनि गभर्नर नियुक्ति विवाद चरमोत्कर्षमा पुगेको बुझ्न कठिन छैन् । यही विवादका कारण गभर्नरको एजेन्डाले मन्त्रिपरिषद्मा प्रवेश समेत पाउन सकेको छैन् । समितिले सिफारिस गरेका तीन गभर्नर उम्मेद्वारमध्ये कांग्रेसले डेपुटी गभर्नर रायमाझी नै गभर्नर बन्नुपर्ने अडान र एमालेले डाक्टर युवराज खतिवडा गभर्नर हुनुपर्ने अड्डी लिएर फत्तुर थापिरहेका छन् । गभर्नर नियुक्तिमा दुई दलबीचमात्र नभई एमालेभित्रै पनि विवाद छ । एमाले नेता भरतमोहन अधिकारी पार्टीको तर्फबाट डाक्टर खतिवडा एकमात्र उम्मेद्वार भएको दाबी गर्दै अर्थमन्त्री र प्रधानमन्त्रीको फरक धारणा नरहेको जिकिर गर्नुहुन्छ ।

अधिकारीको यो भनाईले कुनै एक दलले अडान नछोडे गभर्नर नियुक्ति अझै ढिलाईं हुने संकेत गरेको छ । यसअघि प्रधानमन्त्री माधवकुमार नेपाल र अर्थमन्त्री सुरेन्द्र पाण्डेबीच गभर्नर कसलाई बनाउने भन्ने चर्को विवाद भएको समाचार आएको थियो । तर पछिल्लो समय अर्थमन्त्री पाण्डेले अर्थ-सचिव खनाललाई च्यापेका छन् । यसले पनि एमालेभित्रै गभर्नर विवाद तीब्र रहेको स्पष्ट पार्दछ । खनाललाई गभर्नरमा सिफारिस पनि अर्थमन्त्रीकै एकल पहलमा गरिएको हो । यसरी मुलुकको समग्र आर्थिक सरोकारको नियमनको महत्वपूर्ण जिम्मेवारी बोकेको केन्द्रीय बैंक नेतृत्वबिहीन बनाउँदा यसै त धरासायी बनेको मुलुकको अर्थतन्त्रले थप क्षति व्यहोर्नुपर्ने विज्ञहरु बताउँछन् । यस्तो अवस्थामा विवादै नगरी सक्षम नेतृत्व चयन गर्नुपर्नेमा नेपाल राष्ट्र बैंक दलहरुको आ-आफ्नो स्वार्थ पूर्ति र राजनीतिक अखडा बन्नु निकै दुःखद कुरो हो । त्यसमाथि पनि गहन जिम्मेवारी सम्हालिरहेका व्यक्तिहरु नै नियुक्तीको सूचीमा अटेर एउटा पार्टीले गिजोल्न सक्ने खिचडी बन्नु पो अर्को दुर्भाग्यको कुरो हो । राष्ट्रिय योजना आयोग र अर्थ-मन्त्रालयजस्तो जिम्मेवार र ओहदाको निकाय छोडेर तल्लो जिम्मेवारीमा हाम फाल्नु भनेको कान नछामी कागका पछाडि कुद्ने मुर्खता शिवाय केही पनि होइन्


Post a reply

More Stories Like this
भाषा बाँचे जाति बाँच्छ
प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेवारभाषामा संवोधन
१२ बुँदे समझदारीको मूल्याङ्कन
फेरि झापड हान्न नपरोस्
संविधान निर्माण नै शहीद दिवसको सार्थकता

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com