Welcome, Guest Log In Sign Up  

थारु आक्रोस

rajuby raju
Tue Feb 19, 2008 3:13 pm NST

मधेशीहरुले एक मधेश एक प्रदेशको माग राखी आन्दोलन गरिरहेको बेला तराइका आदिवासी थारुहरुले एक मधेश एक प्रदेशको भन्ने मागप्रति आक्रोश पाखेका छन । थारुहरुले स्वायत्त थारुहट प्रदेशको माग अघि सारेका छन् ।

काठमाडौंमा आज थारु कल्याणकारिणी सभाले गरेको अन्तरकृयामा उनीहरुले थारुहरुको मागलाई वेवास्ता गरे संघर्षमा उत्रने चेतावनी दिएका छन् । आफूहरु पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका तराई क्षेत्रमा वसोबास गर्दै आएको दावी उनीहरुले गरेका छन् । कार्यक्रममा पूर्वमन्त्री महेश चौधरीले एक मधेश एक प्रदेश हुनै नसक्ने बताउनुभयो । चौधरीले नेपालमा कहीँ मधेश नभएको पनि दाबी गर्नुभयो । उहाँले तराइमा आन्दोलन गरिरहेकाहरुलाई भारतीय उग्रवादीहरु र दरवारीयाहरुले सहयोग गरिहरहेको पनि आरोप लगाउनु भयो । नेपाल आदिवासी जनजाती महासंघका अध्यक्ष पासाङ शेर्पाले थारुहरुले उठाएको थरुहट स्वायत्त प्रदेशको माग जायज भएको बताउनुभयो । तराइमा थारुको जनसंख्या १५ लाख छ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com