Welcome, Guest Log In Sign Up  

सुस्ता अतिक्रमणको चपेटा

rajuby raju
Fri Jan 18, 2008 7:44 am NST

यिनीहरु नेपाली नागरिक हुन् । साथमा रहेको झण्डा मातृभूमिप्रति स्नेहको प्रतीक हो । तर यिनीहरु आफूलाई सजिलै नेपाली हौँ भन्न सक्ने अवस्थामा भने छैनन । हातमा नेपाली नागरिकता त होला यिनीहरुको तर भारतले सुस्ता अतिक्रमण गर्दै जाँदा यिनीहरुको पहिचान समेत खतरामा पर्दै गएको छ ।

यिनीहरु सरकारलाई दबाब दिन सुस्ताबाट पुस १६ गते काठमाडौँ आएका थिए तर १५ दिन बितिसक्दा पनि सम्बन्धित निकायले कुनै चासो नदिँदा यिनीहरु आक्रोशित भएका छन् । सुगौली सन्धिका बेला सुस्ताको कुल क्षेत्रफल ४४ हजार हेक्टर थियो तर भारतले बारम्बार अकि्रमण गर्दै जाँदा अब १४ हजार हेक्टर मात्र बाँकी रहेको सीमा सरोकार नागरिक समाजका अध्यक्ष चेतेन्द्रजंग हिमालीले बताउनुभयो । भारतले यसरी ३० हेक्टर जमिन अतिक्रमण गरिसक्दा पनि गृह प्रशासन मूकदर्शक बनेर भारतीय अतिक्रमणलाई सहयोग गरिरहेको छ ।

सुस्ताका समस्या सुनाउन आएका सुस्तावासीलाई सरकारले चासो नदिएको सीमाविद् बुद्धिनारायण श्रेष्ठको भनाई छ । सुस्ता अतिक्रमणका बारेमा नेपालको गृह प्रशासनले भारतिय अतिक्रमणलाई नै सहयोग पुग्ने गरी अभिव्यक्ति दिनु राष्ट्रघात भएको भूगोलविद् फणीन्द्र नेपालको टिप्पणी छ । भूगोलविद् नेपालले सरकार अझै सुस्ताका बारेमा मौन रहने हो भने आन्दोलनका कडा कार्यक्रम अगाडि ल्याउने चेतावनी दिनुभयो ।

भारतीय अतिक्रमण बढ्दै गएकाले सुस्ता नेपालको अन्तिम अध्याय बन्दै गएको छ । मित्र राष्ट्र भारतले नेपालको कमजोर रणनीतिको फाइदा उठाएर नेपालका विभिन्न ठाउँहरु अतिक्रमण गर्ने शिलशिला नरोक्ने हो भने नेपालको अस्तित्व नै खतरामा पर्ने देखिन्छ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com