नेपाल विकासका लागि न्यूयोर्कमा कार्यक्रम
नेपाल र नेपालीका दीगो विकासका लागि न्यूयोर्कमा 'नेपाल र नेपालीको दिगो बिकासको लागि सहकारी अभियान-२००९' अन्तरकृया कार्यक्रम आयोजना गरिएको छ । 'नेपाल अमेरिका वेल्फेअर असोसियसन' र 'हिमालय स्वास्थ्य तथा शिक्षा समाज', नेपालको सङ्युक्त आयोजनमा र डा. कृष्ण राइको सभापतित्व तथा नेपाल अमेरिका वेल्फेअर असोसियसनका जनरल सेक्रेटेरी शेशराज खतिवडाद्वारा सन्चालित उक्त कार्यक्रममा वैज्ञानीक तरिकाले नेपालीहरुको सामाजिक र अर्थिक बिकास कसरी गर्न सकिन्छ भन्ने बिषयमा कार्यक्रमका सम्योजक तथा हिमालय स्वास्थ्य तथा शिक्षा समाज, नेपालका अध्यक्ष तथा नेपाल अमेरिका वेल्फेअर असोसीयसनका उपाध्यक्ष पासँग दोर्ची शेर्पाले कार्यपत्र पेश गर्नुभएको थियो ।
अमेरिकामा विविध भाषा, संस्कृति र ब्यवसाय भएका मानिसहरुको अवसरलाई ब्यवहाँरिक रूपमा उतार्नका लागि "नेपाल अमेरिका वेल्फेअर असोसीयसन"ले छिटैनै प्रभावकारी कदम चाल्ने कुरा कार्यक्रम प्रश्तोता पासँग दोर्ची शेर्पाले प्रस्ट पार्नुभयो र अधिकाम्श शहभागीहरुले समर्थन जनाए ।
कार्यक्रममा अमेरिकामा बस्ने नेपालीहरुलाई रोजगारीको अवसर क्याटरिङ्ग ब्यवसायले दिन सक्छ भन्ने कुरामा सुभाश लामा र गजमेरले प्रकाश पार्नुभयो । यो ब्यवसाय निम्न आय भएका मानिसहरुले पनि सन्चालन गर्न सक्ने र अमेरिकामा आयोजना हुने सम्स्कृतिक तथा अरु कार्यक्रममा सेवा प्रदान गरेर निकै नै आय आर्जन गर्न सक्ने कुरामा उहाहरुले बिचारधारा प्रस्तुत गर्नुभयो ।
त्यसैगरी, अमेरिकामा माईक्रो फिन्यान्स कम्पनी स्थापना गरेर नेपालको दुर्गाम ठाउँमा पुग्ने गरी शाखाहरु खोलेर मनी रेमिटेन्सलाई सजिलो बनाउन सकिने कुरामा प्रदिप थापा, आदित्य महर्जन, शेशराज खतिवडा र गज्मेरले जोड दिनुभयो । उहाँहरुले ईन्टरनेटको माध्यमबाट रेमिटेन्स सेवा प्रदान गरेर नेपालीहरुलाई पैसा आदान प्रदान गर्न सजिलो हुनुका साथै नेपालको आर्थिक बिकासमा सहयोग पुर्याउने कुरा प्रस्ट पार्नुभयो । यस्तो ब्यवसाय सुरु गर्ने क्रममा कम्पनी दर्ता गर्दा इन्कोर्परेसोन भनेर दर्ता गरेर मात्र ब्यवसाय सन्चालन गर्नुपर्छ भन्ने धारणा राख्नुभयो ।
जनक अधिकारी, गंगा जीसी , बन्शलाल तमाङ लगायतका बक्ताहरुले आर्थिक कारोबारमा नेपालीहरुमा विश्वाशको संकट हुने प्रव्रित्तिको बिषयमा कुरा गर्नुभयो । यसै सन्दर्भमा अमित शाहले अमेरिकामा कानुनी ब्यवस्था बलियो भएकोले आर्थिक कारोबारहरु अमेरिकामा सन्चालन गर्दा राम्रो हुने कुरा ब्यक्त गर्नुभयो । अमेरिकामा लगानी गर्दा अर्थिक कारोबारमा कम्जोरी देखाउनेहरुलाई कानुनी कार्वाहीको कडा ब्यवस्था भएकोले यसप्रती चिन्ता लिनु नपर्ने कुरा बताउनुभयो । अमेरिकामा ब्यवसायलाई प्राथमिकता दिदा नेपाल र नेपालीहरुको कल्याण्कारी काम को सुरुवात हुने र भविश्यमा राजनीतिक रुपबाट आर्थिक सुरक्षाको प्रतिबध्ता भएको अवस्था श्रीजना भएपछी अमेरिकामा बस्ने नेपालीहरुले नेपालमा लगानी गर्ने कुरा बिस्लेशन गर्नुभयो र यो कुरामा मधु श्रेष्ठ र शाहानाले पनि सहमति जनाउनु भयो ।
राज्कुमार नेपाल, दावा जुअङ्मु शेर्पा , रोशन ढुंगाना र दावा शेर्पा ले नेपालमा सैक्षिक छेत्रमा जोड दिनुपर्ने कुरा गरे भने हाइड्रो पावर अनी सुपरमार्केट्मा लगानी गर्दा धेरै राम्रो हुने कुरा सहभागीहरुले ब्यक्त गरे ।
अन्त्यमा राज कुमार श्रेष्ठले एस्तो काम सुरु गर्दा जरा देखिनै ब्यवकारीक रूपमा कृयाकलापहरु अबिलम्बन गर्न आयोजक समितिलाई आग्रह गर्नुभयो र एस्ता विश्वाशनियता आर्जन हुने खालका काममा सबै नेपालीहरुलाई एकजुट हुन आग्रह गर्नुभयो र सबै सहभागीहरुले उहाको कुरामा सहमति जनाउनु भयो ।
सोही कार्यक्रममा सात सदश्यको कार्यदल बनाइयो जुन यस प्रकार छ :
संयोजक - पासांग दोर्ची शेर्पा
सदस्य -
वंशलाल तामांग
मधु श्रेष्ठ
आदित्य महर्जन
जनक अधिकारी
डा कृष्णकुमार राई
शेषराज दतिवडा Post a reply
More Stories Like this नेपाली मूलका दर्शन रौनियारले अमेरिकी कांग्रेसमा उमेद्वारी
मायाको डोरीले बाँधे दीपकले सियाटललाई
भिजिट नेपाल २०११ प्रवर्द्धनका लागि सियाटलमा भव्य कार्यक्रम
जापानमा रेस्टुरेन्ट ब्यवसायीहरु सङठित
अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनका लागि न्यूयोर्क व्यस्त
Recent Features टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन
|
|
News Feed
Archives 2011
Archives 2010
- January, 2010
- February, 2010
- March, 2010
- April, 2010
- May, 2010
- June, 2010
- July, 2010
- August, 2010
- September, 2010
- October, 2010
- November, 2010
- December, 2010
Archives 2009
- January, 2009
- February, 2009
- March, 2009
- April, 2009
- May, 2009
- June, 2009
- July, 2009
- August, 2009
- September, 2009
- October, 2009
- November, 2009
- December, 2009
Archives 2008
- January, 2008
- February, 2008
- March, 2008
- April, 2008
- May, 2008
- June, 2008
- July, 2008
- August, 2008
- September, 2008
- October, 2008
- November, 2008
- December, 2008
Community
Useful Links
|
|