सडकमा ओर्ले नेवारहरु पदम श्रेष्ठ /सरोज रत्न शाक्य (काठमाडौं)
नेवा: स्वायत्त राज्य संयुक्त संघर्ष समितिको आह्वानमा यही जनवरी १६, शुक्रबार दिउसो ११ बजे काठमाडौंको बसन्तपुरबाट नेवा: स्वायत्त राज्य प्राप्तका लागि पहिलोपल्ट लाखौं नेवा:हरुले शान्तिपूर्ण बिशाल प्रदर्सन गर्यो । उक्त दिन अघोशित रुपमा काठमाडौं बन्द रहेको थियो भने सो र्यालीले अब नेवा:हरु पनि चुप लागेर बस्दैन भन्ने कुरा नेवा:हरुको सहभागीताले प्रस्ट्याएको छ ।
उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरलगायत ११ जिल्लाका नेवा: बाहुल्य क्षेत्रलाई समेटी संविधानमा नेवाः राज्य नेपालमण्डल इलाका निर्धारण गरी नेवा: स्वायत्त राज्य बनाउनै पर्ने, नेवा:हरुका साथै सम्पूर्ण जनजातिहरुलाई आ -आफ्नो आदिभुमिमा अग्राधिकार दिनै पर्ने भन्ने माग गर्दै शुक्रबार राजधानीमा निस्किएको बृहत् र्यालीले संवैधानिक समितिका सदस्य नीलाम्बर आचार्यलाई ज्ञापनपत्र बुझाएको छ ।
वसन्तपुर कुमारीघरअगाडि दशअवतार मन्दिरमा भेला भई बृहत् र्यालीका साथ संविधानसभा भवन नयाँबानेश्वर पुगी बुझाइएको ज्ञापनपत्रका साथ नेवाः स्वायत्त राज्य नेपालमण्डलप्रति प्रतिबद्धता जनाउनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लगायत ६०१ सभासद्सहितको हस्तँक्षरयुक्त कपडाको तूल रहेको छ।
नेवाः राज्य नेपालमण्डलको इलाका लिच्छविकालमा काठमाडौं तीन जिल्ला केन्द्र मानी काभ्रेपलान्चोक, मकवानपुर, नुवाकोट, सिन्धुपाल्चोक, दोलखा, धादिङ, रामेछाप, सिन्धुली, रसुवा र सोलुखुम्बु गरी १३ जिल्लामा ऐतिहासिक, सांस्कृतिक र भौगोलिक अस्तित्व बनाएको बताइन्छ तर वर्तमान नेपालको व्यावहारिकतालाई ध्यानमा राखी उपत्यका र वरिपरिका नेवा:बाहुल्य क्षेत्रलाई नेवाः राज्य नेपालमण्डल इलाका निर्धारण गरिनुपर्ने नेवाः स्वायत्त राज्य संयुक्त संघर्ष समितिले जनाएको छ ।
Post a reply
Recent Features टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन
|
|
News Feed
Archives 2011
Archives 2010
- January, 2010
- February, 2010
- March, 2010
- April, 2010
- May, 2010
- June, 2010
- July, 2010
- August, 2010
- September, 2010
- October, 2010
- November, 2010
- December, 2010
Archives 2009
- January, 2009
- February, 2009
- March, 2009
- April, 2009
- May, 2009
- June, 2009
- July, 2009
- August, 2009
- September, 2009
- October, 2009
- November, 2009
- December, 2009
Archives 2008
- January, 2008
- February, 2008
- March, 2008
- April, 2008
- May, 2008
- June, 2008
- July, 2008
- August, 2008
- September, 2008
- October, 2008
- November, 2008
- December, 2008
Community
Useful Links
|
|