Welcome, Guest Log In Sign Up  

पत्रकार हत्याको विरोध

dipuby dipu
Sun Jan 18, 2009 3:38 pm NST

नेपाल पत्रकार महासंघले पत्रकार उमा िसंहको हत्याबारे प्रारम्भिक अध्ययन प्रतिबेदन आज सार्बजनिक गर्ने भएको छ ।

आज दिउँसो २ बजे महासंघको कार्यालय साचारग्राममा हत्या बारे महासंघले गरेको प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने महासंघका उपाध्यक्ष गोविन्द आचार्यले जानकारी दिनुभयो ।

महासंघका अध्यक्ष धर्मेन्द्र झाको नेतृत्वमा जनकपुर गएको टोली प्रारम्भिक अध्ययन सकेर काठमाडौ फर्केको छ ।

जनकपुरको टुडे एफ एम रेडियोमा कार्यरत उमा िसंहलाइ सोमवार राती अज्ञात समुहले खुकुरी प्रहार गरि हत्या गरेको थियो ।

पत्रकार सिहको हत्याको विरोधमा आज जनकपुरका एफ एम रेडियोले समाचार वाहेक अन्य कुनै पनि कार्यक्रमहरु प्रसारण नगरेको हाम्रा स्थानिय संवाददाताले जनाएका छन् ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com