Welcome, Guest Log In Sign Up  

लोडसेडिङ कम हुने

rajuby raju
Tue Feb 19, 2008 3:09 pm NST

दैनिक आठघण्टा लोडसेडिङको मार खेप्दै आएका उपभोक्ताले अबको एक दुई दिनमै लोडसेडिङको केही मात्रा घटेको महसुस गर्न पाउने छन् । मकवानपुर भैंसेमा रहेको कुलेखानी दोस्रो जलविद्युत् केन्द्रको १६ मेघावाट क्षमताका दुई वटा भएको टर्वाइन मध्ये एउटा टर्वाइनबाट विजुली निकालिने भएपछि उपभोक्ताले राहतको महसुस गर्न पाउने भएका हुन् ।

कुलेखानी प्रथम जलविद्युत् केन्द्र अर्थात इन्द्रसरोवरमा पानीको सतह घट्दै जानुले पनि लोडसेडिङ बढेको थियो । त्यसमाथि कुलेखानी दोस्रोको एउटा टर्वाइन बिगि‍‍र्एका कारण आयोजना नै बन्द थियो । बिग्रिएको टर्वाइन मर्मतका लागि अर्को टर्वाइन पनि बन्द गर्नुपर्ने भएकाले यहाँबाट विद्युत् उत्पादन गर्न सकिएको थिएन । तर दुई दिनभित्रै एउटा टर्वाइनबाट विजुली निकाल्न सकिने प्राविधिकहरुको सुझाव दिएका छन् ।

पहिलो मेसिन गत चैतमा बिग्रीएको थियो । त्यसको मर्मत र निर्माण कार्य तीनमहिना अघिदेखि मात्र सुरु गरिएको हो । यहाँ सामान सबै जापानिज फुजि इलेक्ट्रिक कम्पनीका भएकाले पनि यो टरबाइन बनाउन लामो समय लागेको छ । हाल निर्माणकार्यमा फुजि इलेक्ट्रिक कम्पनीका ३ जना प्राविधिकका निगरानीमा ३५ जना नेपालीले काम गरिरहेका छन् ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com