Welcome, Guest Log In Sign Up  

विद्युत प्राधिकरणलाई बचाउन कर्मचारी संगठनले अभियान

rajuby raju
Thu Feb 25, 2010 1:16 pm NST

वार्षिक १२ अर्ब रुपैयाँ घाटामा रहेको नेपाल विद्युत प्राधिकरणलाई बचाउन प्राधिकरणकै केही कर्मचारी संगठनले अभियान चलाएपछि धेरै नेताको निन्द्रा हरण भएको छ । कुनै समय सरकारी ओहदामा रहेकै आधारमा राज्यको सुविधा भन्दै प्राधिकरणको सम्पत्तिमा रजाइँं गरिरहेका नेताहरु त झन् डराइ-डराइ गाडीमा घरबाहिर निस्किन थालेका छन् । कारण एउटै हो प्राधिकरणका कर्मचारीले गाडी खोस्ने डरले ।

नेपालीमा एउटा उखान छ- लुटको धन फुपुको श्राद्ध । अहिले नेपाल विद्युत प्राधीकरणको सम्पत्ति दलका नेता तथा मन्त्रीहरुका लागि यस्तै भएको छ । दैनिक ११ घण्टा लोडसेडीङ गरेर योजना विहिन अवस्थामा बसिरहेको प्राधीकरणले नेता तथा मन्त्रीलाई विभिन्न जलविद्युत परियोजनाको गाडी वितरण गरेर सस्थान टाट पल्टाउन खोजेको आवाज उठेपछि यहांका कर्मचारीले नै गाडी फिर्ता अभीयान थालेका हुन् । जसअनुसार एमाले नेता केपी शर्मा ओलीले पुर्व गृहमन्त्रीको हैंसेतमा लिएको प्राधीकरणको गाडी फिर्ता लिएको एक साता नबित्दै फेरि हराएको छ । प्राधीकरणमा कार्यरत् माओवादी निकट कर्मचारीले ओली चढ्ने गरेको बा।४ च ४७१८ नम्वरको प्राडॊ मर्मत लागि विद्युत प्राधिरणमा लगिएको वेला नियन्त्रणमा लिएका थिए । नियन्त्रणमा लिएको गाडीको साचो तत्काल प्रधिकरणका उपकार्यकारी निर्देशक टिकाराम विसीलाई बुझाइएको भएपनि मंगलवार राति प्राधीकरणको मुख्य कार्यालय हाता बाटै हराएको हो । त्यसो त प्राधीकरणले निमार्णधीन विद्युत परियोजनाका नाममा खरिद गरेको महंगो मुल्यका गाडी मर्मत तथा तेल सुविधा लिएर ओली जस्ता धेरै नेताले प्राधीकरणलाई चरम आर्थीक भार थोपरी रहेका छन् ।

कांग्रेसका वरिष्ठ नेता तथा पुर्वप्रधानमन्त्री शेरवहादुर देउवा सन्त नेता कृष्ण्ँप्रसाद भट्टराइ प्रधानमन्त्रीको कार्यालय उर्जा मन्त्रालय अख्तियार सहित विभिन्न दलका नेताले समेत आज सम्म प्राधीकरणसंग रहेको महंगो गाडी र इन्धन चलाई रहेका छन् । जसका कारण प्राधीकरणले आर्थीक संकट बढेको र यस्तै खर्चले गर्दा प्रसारण लाइन्ा निर्माण ग्रमीण तथा सामुदायीक विद्युतीकरण विस्तार निमार्ण भइरहेका जलविद्युत आयोजनाको बांकी भुक्तानी लगाएतका काममा समस्या परेको गुनासो सरकारलाई सुनाउने गरेको छ । जुन गुनासो सरकारले समयमै नसुन्ने हो भने योजनाविहिन प्राधीकरण टाट पल्टने अवस्था छ । कर्मचारीहरुले प्राधीकरणलाई टाट पल्टन नदिने आफुहरुले गाडी फिर्ता अभीयान चलाएको भन्दै नेताहरुलाई प्राधीकरणको गाडी फिर्ता गर्न चेतावनी नै दिएका छन् ।

कर्मचारीले अभीयान चलाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगेको बा।४च २९९८ नम्वरको प्राडो फिर्ता गरेको छ भने एक करोड मुल्य सम्म पर्ने धेरै गाडी अहिले सरकारले नेताहरुलाई दिइरहेको छ । जसमा मर्मत तथा इन्धन खर्च प्राधीकरणको कोष बाट खर्च हुने गरेको छ । सस्थान टाट पल्टाएर प्राधीकरणका उच्चपदस्थ कर्मचारी नेताको सेवामा लागेको भन्दै कर्मचारीले भने बुधवारबाट प्रधान कार्यालयमा अर्को चरणको आन्दोलन थालेका छन् ।

अहिले प्राधीकरणमा रहेको माओवादी निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन र कर्मचारी कल्याण्ँ परिषद्
अगुवाईमा नेताहरुले लगेको गाडी फर्काउने अभीयान सुरु भएको हो । जसअनुसार सुरुमा ओलीको गाडी मर्मतका लागि आउने क्रममा फेला परेको थियो । त्यही गाडी माथिको आदेश भन्दै वुधवार विहान सुरक्षाकर्मीले वलपुर्वक फिर्ता लगेका थिए । सरकारले पूर्वप्रधानमन्त्री गृहमन्त्री मन्त्री तथा दलका केहि वरिष्ठ नेतालाई सरकारले गाडी तथा सुरक्षाको सुविधा दिने नीति अनुसार नै गाडी फिर्ता लगेको जनाएको छ जुन मान्न कर्मचारी तयार छैनन् । किनकी यही सुविधा अहिले माओवादीका नेता देखी पाचायतकालीन नेताले समेत पाइरहेका छन् र नेता तथा मन्त्रीहरुको सेवामा परियोजना र सस्थानकै गाडी बढी परिचालन भएको छ । जसले गर्दा अहिले कर्मचारीहरु नै त्यसको प्रतिरोधमा उत्रेका छन् । कर्मचारीहरुको यो अभीयानले प्राधीकरण मात्र हैन प्राधीकरण जस्तै अरु थुप्रै सरकारी सस्थान तथा मेलम्ची परियोजना जस्तै महंगा योजनाको सम्पत्तिमाथि भइरहेको दुरुपयोग नियन्त्रण गर्न सक्छ ।


Post a reply

More Stories Like this
भाषा बाँचे जाति बाँच्छ
प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेवारभाषामा संवोधन
१२ बुँदे समझदारीको मूल्याङ्कन
फेरि झापड हान्न नपरोस्
संविधान निर्माण नै शहीद दिवसको सार्थकता

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com