Welcome, Guest Log In Sign Up  

माया प्रेमको उत्सव रंगको महोत्सव होली पर्व चीर गाडेर सुरु

rajuby raju
Mon Feb 22, 2010 2:51 pm NST

होली प्राचिन कालदेखि बसन्त ऋतुमा हर्षाेल्लासका साथ मनाउने एक विशिष्ट पर्व हो । बसन्त ऋतुमा रोगब्याधी मुक्त भइ जाडो गर्मी नहुने स्वस्थ भइ मन आनन्दित हुने समय हो । विरुवामा मुना पलाएर वातावरणलाई नै मनोरम बनाइदिन्छ । हाम्रो देश नपालमा यो पर्व भारतवाट आएको अनुमान गरिन्छ । पहिले पहिले रसरंग गर्नको लागि बसन्त महोत्सव नाम दिएर रंग लगाइ होली खेल्ने चलन छ । कथन अनुसार मल्ल राजा गुणकामदेवको पालामा धालसिक्वका तेल पेल्ने साः भएका मानन्धर खलकले चीर गाड्ने जिम्मा पाएअनुसार आज सम्म पनि हनुमानढोका दरवार अगाडी माहेनकाजि चोकमा चीर गाड्डै आएको छ । मल्लकाल र राणाकालमा परम्परागत अर्काे चीर भने हनुमानढोकाको पश्चिम मूलद्धार अगाडी गार्ने गरिन्छ । शाह राजा पृथ्वीनारायण शाहको पालामा मल्ल राजाहरुले गाडेको भन्दा फरक रामले रावण पराजित गरि बिजय प्राप्त गरेको उत्सव अनुरुप होलीका दहन पर्व र श्री कृष्णले चीर हरण गरेको सम्झनामा रंगीचंगी कपडाको टुक्रा झुण्डाइ चीर गाड्न थालेको हो ।

चिल्लाथ्व अष्टमि देखि चिल्लाथ्व पुर्णिमा सम्म मनाउने यस पर्वको सुरु चिल्लाथ्व अष्टमिदेखि विभिन्न स्थानमा चीर गाडेर चीर अष्टमि वा होली अष्टमि मनाइन्छ । चीर गाडेपछि होली सुरु हुने परम्परा छ । होलीको अन्तिम दिन चिल्लाथ्व पुर्णिमाका दिन चीर ढाली दाह गरिन्छ । जुन होली पुर्णिमाका दिन गरिन्छ । चीर काठमाडौंको हनुमानढोका दरवारको मूलद्धार अगाडी भक्तपुर र ललितपुरको कृष्ण मन्दिर अगाडी रुखको हांगामा विभिन्न प्रकारका कपडाको टुक्रा झुण्डाइ चीर गाडिन्छ भने बसन्तपुरमा बीस फिट अग्लो बाँसमा तीन तले छत्र आकारमा रंगीचंगी कपडाका टुक्रा झुण्डाएर िलंगो गाडेजस्तै शुभसाइटमा मानन्धरहरुले गरिन्छ ।

यसै क्रमलाई निरन्तरता िदंदै फागुण १० गते सोमवार हुनमानढोकाको मूलद्धार अगाडी विहान ७ बजेर ५१ मनेटको साइटमा चीर गाडी होली पर्व सुरुवात गरियो । साहि समयमा होली गीत लोकलय्मा गाएको थियो ।

त्यस्तै सोहि साइटमा पाटन दरवार अगाडीको कृष्णमन्दिर अगाडी पनि चीर गाडियो ।

त्यस्तै सोहि साइटमा बुसन्तपुर कुमारीघर अगाडी बीस फिट अग्लो बाँसमा तीन तल्ले छत्राकारमा रंगीचंगी कपडाको टुक्रा झुण्डाएको चीर िलंगो गोडेजस्तै गाडियो । उत्सवमा गुरुजुको पल्टनले हर्ष बढाई गरि तीन तोपको सलामि दिएको थियो । चीर गाडिसकेपछि स्थानिय वासिन्दाले होली सुरु भएको प्रतिक अविरले छ्यापी होली खेलेको थियो ।

चीर किन गाडेको भन्ने बिषयलाई नियाल्ने हो भने चीर भनेको बस्त्र बस्त्र भनेको इज्जत हो । द्वापर युग अर्थात् दैविकालमा गोकुलमा कृष्णले विभिन्न लिला देखाउने क्रममा एक राश लिला भएको भनाइ छ । भारतको बृन्दाबन गोकुलका गोपिनीहरु यमुना नदिमा नुहान आपुनो सम्पूर्ण वस्त्र फुकाली नदि किनारमा राखेर निर्वस्त्र नुहाइरहेको थियो । सोहि समयमा कृष्ण पनि गोपिनीहरु नुहाइरहेको स्थानमा आइपुग्यो । गोपिनीतहरु निवस्त्र नुहाइरहेको देखि कृष्णले गोपिनीहरुको सम्पूर्ण वस्त्र रुखको हाँगामा राखि गोपिनीहरुलाई गिज्याउन थाल्यो । सोहि समयमा गोपिनीहरु पनि यमुना नदिवाट बाहिर आउन आपुनो वस्त्र हेर्दा बस्त्र नभएको र यत्रतत्र हेर्दा कृष्णले रुखमा राखेको देखेपछि गोपिनीहरुले अव आइन्दा आपुूहरु कहिले निर्वस्त्र स्नान नगर्ने अनुसाशनमा वसी चीर राखेर मात्र स्नान गर्ने बाचा गरेपछि कृष्णले गोपिनीहरुको बस्त्र फिर्तादिनुभयो । यस लिलालाई चीर हरण भन्ने गरिन्छ । यसैको सम्झनामा होली पर्व मनाउन सुरु गरेको र चीर गाड्ने भनेर गोपिनीहरुको वस्त्र कृष्णले रुखमा झुण्डाएको प्रतिक चीर गाड्ने गर्दै आएको हो ।

होली पुर्णिमाको धार्मिक किम्वदन्ती हेर्ने हो भने दैत्यराज हिरण्यकशिपुले आपुनो विष्णुभक्त छोरा प्रल्हादलाई अनेक तरिकाले विष्णुको भक्ती छुट्याउन जुक्ति गर्दै आइरेहो थियो । तर कहिल्यै सफल हुन सकेन । त्यसैकारण आपुनो छोरा प्रल्हादलाइ मार्ने विचार गरी आपुना बहिनी आगोमा भष्म नहुने बरदान प्राप्त होलिकालाइ बोलाइ होलिका सहित प्रल्हादलाई आगोमा होमिदियो । तर दुर्भाग्य आगोले विष्णुभक्त प्रल्हादलाई केहि भएन । आगोले भष्म नहुने वरदान पाएकी होलिका भने सोहि आगोमा भष्म भइदियो । यसरी सत्यको अगाडी असत्य पराजित भएको र होलिका नाश भएको सम्झनामा होली पर्व मनाउदै आएको छ ।

होलीपुर्णिमालाई राष्ट्रिय पर्वको रुपमा मनाउँदै होलीको अन्तिम दिन चिल्लाथ्व पुर्णिमा एक दिन होली खेल्नको लागि अधिकाराज्य भर सार्वजनिक विदा दिइदै आएको छ । होली सहरमा मात्र होइन गाँउगाँउमा र तराई जिल्लामा समेत हर्षाेल्लासपुर्वक मनाउदै आएको छ ।

होली पुर्णिमाका दिन यसरी लोक लय्मा गाना गाई नृत्य गरी होलि मनाइन्छ ।


Post a reply

More Stories Like this
आज फेव्रुअरी १४ सन्त भ्यालेन्टाइनको सम्झनामा फूल र उपहार साटासाट गरी विश्वभर प्रेम दिवस मनाइँदै
जिवित देवी कुमारीको जात्रा - इन्द्रजात्रा
३६ जना छानिए मिस नेवाः २००९ को लागि
भक्तपुरमा यौन पर्यटनको तयारी
बदलिदो होली

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com