नेवा:जागरण मन्च जापानद्वारा पद्मरत्न तुलाधरको स्वागत कुमार बज्र , जापान
आदिबासी जनजाती महासंघको प्रथम अधिवेशनको लागि पाल्नु भएका मानब अधिकार आन्दोलन ,भाषा आन्दोलन , आदिबाशी जनजाती आन्दोलन ,नागरिक समाजका एक अगुवा एवँम एक वरीस्थ ब्यक्तित्व श्री पद्म रत्न तुलाधरज्युको सम्मानमा नेवा:जागरणमंच जपानको आयोजनामा ओओयामा, तोक्यो स्थित नेपाली रेष्टुरेन्ट लोतस दाइनिङको सभाहलमा स्वागत समारोह हिजो साँझ सम्पन्न भएको छ ।
चर्चित ब्यक्तित्व श्री तुलाधरज्युको स्वागत लसकुस गर्न सकेकोमा आफु र नेवाः जागरण मञ्च जपानका साथिहरु अत्यन्त खुशी भएको कुरा ब्यक्त गर्नुहुँदै, मञ्चका अध्यक्ष सुनिल कुमार शाक्यले, जपानवासी नेपालीहरुको एकआपसको मैत्री भावमा घनिस्टता बढाउने र नेपालको रोजगारी प्रशिक्षणमा लगानी गर्ने मञ्चको उद्वेष्य रहेको कुरा बताउनुभयो।
त्यस्तै मन्तब्य दिनेक्रममा मञ्चका प्रमुख सल्लाहकार, बहुजाति बिशेषज्ञ एवं मानव अधिकारकर्मि सुवन् वज्राचार्यले स्वागत गर्नु हुँदै, विश्व शान्तिका प्रतीक बुद्धको जन्मभूमि नेपालवासी सबै नेपाली भएता पनी समानता र समावेशीका शब्दको अर्थको ज्ञानको अभावबाट बहुसंख्याका नेपालीहरु पीडित रहनु परेको कारणहरुमा प्रकाश पार्दै, अब बन्ने नयाँ संविधान बाट सबै नेपाली जातिको समानता र समावेशीकरण हुने गरी नयाँ संविधान बनाउन सकेमा नेपाली सबैको अपेक्षा लाई सफल पारी शान्तिको पुनर्बहालि हुन सक्ने विश्वाश प्रकट गर्नु भयो।
यसै क्रममा अतिथि आसन बाट आफ्नो मन्तव्य दिनुहुने श्री तुलाधरज्युले,मन्चले सीपमुलक तालिमको लागि आर्थिक सहयोग गर्ने प्रतिबद्वतालाई धन्यबाद दिनुहुँदै अब बनाउने सन्बिधानमा सार्बोभम सत्तामा आफ्नै अधिकार प्राप्त गर्न र बिदेशमा बस्ने नेपालीहरुले पनि नेपालमा कस्तो किसिमको संबिधान उपयुक्त होला भन्ने सुझाब दिनु पर्ने कुरा प्रकाश पार्नु भयो ।
उक्त कार्यक्रममा, मञ्चका उपाध्यक्ष कृष्ण बदन जोशीद्वारा टोस्ट् गरी नेवा: स्वादिस्त रात्रीभोजको सुभारम्भ गरिएको थियो भने कार्यक्रमको अन्तमा श्री तुलाधरज्युले नेवा: गीतहरु गाएर उपस्थित सबैलाई मनोरन्जन गराएको थियो ।
त्यस्तै जनक राज ,ज्ञाना र अनिल कुमार शाक्यको गीत तथा नेपालबाट पाल्नु भएका अतिथीहरु र कलाकार प्रतिशाको दान्सले सबैलाई नचाएको थियो ।
Post a reply
More Stories Like this नेपाली मूलका दर्शन रौनियारले अमेरिकी कांग्रेसमा उमेद्वारी
मायाको डोरीले बाँधे दीपकले सियाटललाई
भिजिट नेपाल २०११ प्रवर्द्धनका लागि सियाटलमा भव्य कार्यक्रम
जापानमा रेस्टुरेन्ट ब्यवसायीहरु सङठित
अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनका लागि न्यूयोर्क व्यस्त
Recent Features टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन
|
|
News Feed
Archives 2011
Archives 2010
- January, 2010
- February, 2010
- March, 2010
- April, 2010
- May, 2010
- June, 2010
- July, 2010
- August, 2010
- September, 2010
- October, 2010
- November, 2010
- December, 2010
Archives 2009
- January, 2009
- February, 2009
- March, 2009
- April, 2009
- May, 2009
- June, 2009
- July, 2009
- August, 2009
- September, 2009
- October, 2009
- November, 2009
- December, 2009
Archives 2008
- January, 2008
- February, 2008
- March, 2008
- April, 2008
- May, 2008
- June, 2008
- July, 2008
- August, 2008
- September, 2008
- October, 2008
- November, 2008
- December, 2008
Community
Useful Links
|
|