Welcome, Guest Log In Sign Up  

चौंरी गाईको आलो रगत पिउने मेला सुरु

rnby rn
Sat Feb 13, 2010 12:52 pm NST

म्याग्दीको शिख गाविसमा पर्ने लरेनीमा चौंरी गाईको आलो रगत पिउने मेला सुरु भएको छ । नागी पाउद्धार संयुक्त चौरीपालन कृषक समुहले सनिवार बिहानैबाट मेला सुरु भएको जनाएको छ । मेलामा चौरी गाईको आलो रगत पिउन म्याग्दीका विभिन्न गाविसका साथै बागलुङ पर्वत कास्की लगायत जिल्लाबाट सर्वसाधारण आएका छन् । हिमाली क्षेत्रमा पाईने यासा्रगुम्बा जटामसी पाँचऔले निरमसी लगायत जडिवुटी खाएका चौरी र याकको आलो रगत पिएमा ग्यास्ट्रिक यौन र्दुबलता र चिसोका कारण लाग्ने रोग निको हुने बिश्वास छ । चौरी र याकको घाँटीमा बिशेष प्रकारको चक्कुले प्वाल पारि आलो रगत निकाल्ने गरिन्छ । एक गिलास रगत पिएवापत बिरामीले। ६० रुपैयाँ तिर्नुपर्छ । एउटा चौंरीबाट २० देखि २५ गिलाससम्म रगत निकाल्न सकिन्छ । वर्षको २ पटक यो मेला लाग्ने गरेको छ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com