Welcome, Guest Log In Sign Up  

दमौलीमा दोश्रो तनहुँ महोत्सव सुरु

rajuby raju
Sun Jan 11, 2009 12:55 pm NST

संविधानसभाध्यक्ष सुवासचन्द्र नेम्वाङ्गले तनहुँको सदरमुकाम दमौलीमा आयोजित दोश्रो तनहुँ महोत्सवको पौष २५ गते उद्घाटन गर्नुभयो । सो कार्यक्रममा बोल्दै सभाध्यक्ष नेम्वाङ्गले राजनीतिक दलबीचको सानातिना विवादले संविधान लेख्ने काम नरोकिने धारणा राख्नुहुँदै निर्धारित समयमा नयाँ संविधान लेख्न सबै दललाई एकजुट हुन आग्रह पनि गर्नुभयो ।

माघ ५ गते सम्म चल्ले सो महोत्सव अवधिभर दुई लाख पर्यन आउने र दुई करोड रुपैंया बराबरको कारोवार हुने आयोजकले बताएका छन् । महोत्सवमा विभिन्न कृषिजन्य सामग्री हस्तकलाका सामग्री लगाएत त्यहाँ उत्पादित विधिन्न सामग्रीको प्रदर्शनी महोत्सवमा गरिएको छ । जम्मा एक सय ४६ वटा स्टल रहेको सो महोत्सव अवधिभर विभिन्न कार्यक्रमहरु देखाइने आयोजकले बताएका छन् । कार्यक्रमा कौडा नाच दोहोरी प्रतियोगिता लगाएत विभिन्न जनजातिको परम्परागत नाच र बाजा प्रदर्शन गर्नेछ ।

महोत्सवको पहिलो दिन नेवाः खलः तनहूँको निमन्त्रणामा काठमाडौंको झीगु नासः खलःले नेवार समुदायको विभिन्न बाजाहरुको प्रस्तुती स्वरुप बाँसुरीको धुन सहितको अर्केष्ट्रा प्रस्तुत गरिएको थियो । साथै त्यहाँको विभिन्न नेवाः खलःले आ-आपुनो परम्परागत लाखेनाच लठ्ठी नाच लगाएका नाचहरु पनि प्रस्तुत गरेका छन् ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com