Welcome, Guest Log In Sign Up  

भारतिय नेताको भेट

rajuby raju
Wed Feb 13, 2008 3:50 pm NST

नेपाल भ्रमणमा रहेको भारतीय सत्तारुढ पार्टी कांग्रेस आईको प्रतिनिधिमण्डलले आज बिहानैदेखि विभिन्न दलका नेताहरुसँगको भेटघाट गरिरहेका छन् । अल इन्डिया कंग्रेस कमिटीका महासचिव तथा महाराष्ट्र प्रान्तका पूर्व मुख्यमन्त्री दिग्विजय सिंहको नेतृत्वमा आएको भारतीय टोलीले आज नेपाली कांगेस केन्द्रीय कार्यालय सानेपामा कांग्रेसका कार्यवाहक सभापति सुशील कोइराला र एमाले केन्द्रीय कार्यालय बल्खु पुगेर महासचिव माधवकुमार नेपालसँग भेटघाट गरेको छ ।

नेताहरुसँगको भेटपछि टोलीप्रमुख दिग्वीजय िसंहले भारत नेपालमा तोकिएकै समयम संविधानसभाको चुनाव हुनुपर्ने पक्षमा रहेको बताउनुभयो । सिंहले तराईमा जारी समस्या नेपालको आन्तरिक मामिला भएकोले भारतले हस्तक्षेप नगर्ने बताउनु भयो । भारत नेपालमा स्थायित्व र सम्बृद्धिको पक्षमा रहेको भन्दै आफूहरुले आजै मधेशका नेताहरुसँगको भेटमा संविधानसभा चुनावमा सहभागी हुन सम्झाउने बताउनु भयो । उहाँले सात राजनीतिक दलको सुझबुझ पूर्ण निर्णयबाट शान्तिप्रकि्रया सुरु भएको भन्दै आउने समस्या पनि आपसी सहमतिका आधारमा समाधान हुने आशा ब्यक्त गर्नु भयो । भारतिय नेताहरुसंगको भेटपछि एमाले महासचिव माधवकुमार नेपालले भारतिय नेताहरुले चैत २८ गते हुने संविधानसभा चुनाव कुनै पनि बहानामा नसार्न आग्रह गरेको बताउनु भयो । भारतिय नेताहरुले राजतन्त्रका बिषयमा समेत नेपाली जनताले गरेको निर्णय भारताई स्वीकार्य भएको बताएको महासचिव नेपालले जानकारी दिनुभयो ।

आजै टोलीले माओवादी अध्यक्ष प्रचण्डसँग पनि भेट गरेको छ । भेटमा अध्यक्ष प्रचण्डले संविधानसभा चुनावप्रति आफ्नो पार्टी प्रतिबद्ध भएर लागेको बताउनुभयो । टोलीले आजै मधेसी नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम छ । प्रधानमन्त्री कोइरालाको निमन्त्रणामा हिजो आएको टोलीले प्रधानमन्त्री कोइरालासँग भने भोलि भेट गर्ने कार्यक्रम तय भएको छ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com