Welcome, Guest Log In Sign Up  

लोकतन्त्रलाई संस्थागत नगरेसम्म शान्ति सुरक्षा कायम हुन नसक्ने

rajuby raju
Wed Feb 13, 2008 3:45 pm NST

गृहमन्त्री कृष्ण प्रसाद सिटौलाले लोकतन्त्रलाई संस्थागत नगरेसम्म शान्ति सुरक्षा कायम हुन नसक्ने बताउनु भएको छ । संबिधानसभाको चुनावले नै राजनीतिक स्थायीत्व पाउने बताउँदै गृहमन्त्री सिटौलाले फेरिपनि चुनाव हुन नसके थप चुनौती सिर्जना हुने आशंका ब्यक्त गर्नुभयो । शान्ति सुरक्षाको अवस्थाबरे आज काठमाडौंमा भएको कार्यक्रममा अन्तरिम सरकारले देशको सबै समस्या समाधान गर्न नसक्ने गहृमन्त्री सिटौलाले स्पष्ट पार्नुभयो ।

राजनीतिक मेलमिलाप बाहेक अर्को बिकल्प नरहेको दावी गदै मन्त्री सिटौलाले मधेसका मागलाई सम्भव भएसम्म समावेश गरेर चुनावमा जाने सरकारको योजना रहेको पनि स्पष्ट पार्नुभयो । कार्यक्रममा नेपाली काँग्रेसका नेता डा मिनेन्द्र रिजालले देशको शान्ति सुरक्षा कमजोर भएको बताउँदै जनताको सुरक्षाको लागि गृह प्रशासन सकि्रय हुन आग्रह गर्नुभयो । नेता रिजालले मधेशको सुरक्षा बलियो नभएसम्म तोकिएको मितिमा चुनाव हुनै नसक्ने दावी गर्दै राजनीतिक रुपमा तराइ समस्या समाधान गर्नुपर्ने बताउनु भयो ।

नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले नेपालको प्रहरी ब्यस्थापनलाई सुदृढ बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले संक्रमणकालमा देशको शान्ति सुरक्षालाई प्रभावकारी बनाइनुपर्ने धाराणा राख्नु भयो । नेकपा माओबादीका नेता जर्नादन शर्मा प्रभाकारले शान्ति सुरक्षाको लागि प्रहरी प्रशासन मात्र पर्याप्त नहुने बताउदै जनतालाई पनि सहभागी गराउन सुझाव दिनुभयो ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com