Welcome, Guest Log In Sign Up  

आज श्रीपंचमी पर्व- राष्ट्रपतिवाट बसन्तश्रवण

rnby rn
Wed Jan 20, 2010 12:52 pm NST

आज श्रीपंचमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूज्ाा-आराधना गरी मनाइँदैछ । विद्याकी देवी सरस्वती सिर्जनाकी देवी भएकाले विशेषगरी साहित्यकार कलाकार पत्रकार शिक्षक र विद्यार्थी आ-आफ्ना कला-साधनाका वस्तु कलम कापी कुची र वाद्ययन्त्रलाई सरस्वतीका रुपमा पूजा गर्छन् । तान्त्रिकहरु तन्त्रसिद्धिका लागि तारादेवीका रुपमा आराधना गर्छन् । सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु सुरु हुने विश्वासका साथ आजका दिनलाई 'वसन्त पाचमी' पनि भन्ने गरिन्छ ।

ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले ज्ञान सिद्धि र सद्बुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजाको ठूलो महत्व छ । आज सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ । आज विवाह व्रतबन्ध गुफा राख्ने र बेलविवाह जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन । आज बालबालिकालाई शिक्षारम्भ गराउने र नाक-कान छेड्ने गरिन्छ ।

काठमाडौं उपत्यकाका स्वयम्भू मैतीदेवी र गैह्रीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत विभिन्न जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न खासगरी छात्रछात्राको घुइँचो लागेको छ । सरस्वतीलाई चढाइएको सात गेडा अक्षता निलेमा विद्या र बुद्धि बढ्ने र चेतनाको ज्योति पाइन्छ भन्ने विश्वास छ ।

यसैबीच वसन्तपाचमीकै अवसरमा राष्ट्रपति डाक्टर रामवरण यादवले आज काठमाडौंको वसन्तपुरमा वसन्तश्रवण गर्नुभएको छ । वसन्तपुरको नासलचोकमा वसन्तश्रवणपछि राष्ट्रपति यादवले टीका तथा प्रसाद लगाउनुभयो । बसन्त श्रवणका लागि प्रधानमन्त्री सभामुख प्रधानसेनापतिलगायत नासलचोक जानुभएको थियो । कार्यक्रममा नेपाली सेनाले उहाँको सम्मानमा सलामी चढाएको थियो ।


Post a reply

Recent News
बिश्व कप महिला हकी
राहत सामाग्री वितरण
ऐश्वर्या कैटरिनासंग रिसार्इन
बलिउडको आगामी महानायक रणबीर
नग्न पुरूषहरूको बीचमा किम

Recent Features
मिस लिटिल नेवाः २०१० को ट्यालेन्ट सो सम्पन्न
काठमाडौको बसुन्धरामा कार वम विष्फोट
नेपाली काँग्रेसद्बारा प्रस्तावित नयाँ नेपालको संविधानको खाका
सरकाले बैशाख ११ गते भब्य रुपमा लोतन्त्र दिवस मनाइंदै
आज मार्च ८ तारीख अर्थात अन्तराष्ट्रिय श्रमीक महिला दिवस


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2010 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com