Welcome, Guest Log In Sign Up  

भोलिदेखि तेलको आपूर्ति सहज हुने मन्त्री गुप्ताको दावी

rajuby raju
Wed Feb 13, 2008 3:38 pm NST

पेट्रोलियम पदार्थको हाहाकार भइरहेको बेला उद्योगवाणिज्य तथा आपूर्ति मन्त्री श्यामसुन्दर गुप्ताले भने भोलिदेखि तेलको आपूर्ति सहज हुने दावी गर्नु भएको छ । मन्त्री गुप्ताले सुरक्षाकर्मीको सहयोगवाट आज दिउँसो तीन वजेसम्म काठमाडौंमा २ सय २५ ट्याङकर तेल भित्रिने र भोलिदेखि नै सहज आपूर्ति हुने दावी गर्नुभयो ।

जुनसुकै स्थितिमा पनि तेलको सहज आपूर्ति गर्न उच्च सुरक्षा अधिकारी र गृहसचिवसंगको बैठकमा निर्णय भएको भन्दै मन्त्री गुप्ताले मधेशको आम हडतालले पनि तेलको आपूर्तिमा अवरोध नहुने दावी गर्नु भयो । भारतीय आयल निगमलाई ऋण तिर्न सरकारले नेपाल आयल निगमलाई एक अर्व ५ करोड रुपैयाँ दिएपछि भारतबाट तेल आयात समस्या नभएको उहाँको भनाइ छ ।

मधेश आन्दोलनले संविधानसभाको चुनाव नरोकिने पनि मन्त्रीले बताउनुभयो । मधेशमा आन्दोलन गरिरहेको पार्टीहरु चुनाव अघि नै वार्तामा आइसक्ने ठोकुवा पनि उहाँले गर्नु भयो । चुनाव अघि संविधान संशोधन गर्न नसकिने पनि मन्त्री गुप्ताले प्रष्ट पार्नु भयो । मधेशी पार्टीहरुले संविधान संशोधन गरि संविधानमै स्वायतत्ताको ग्यारेण्टी गर्नु पर्ने माग राखिरहेका छन ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com