Welcome, Guest Log In Sign Up  

रौनक सिन्धुली महोत्सवको

rajuby raju
Fri Jan 18, 2008 7:42 am NST

महोत्सवको रौनकले सिन्धुली अहिले दुलही जस्तै देखिएको छ। सिन्धुलीका ऐतिहासिकस्थल र कृषि उत्पादनको प्रचार प्रसार गराइ जिल्लाको आर्थिक हैसियत उकास्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताइएको छ । सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव संयोजक मीनबहादुर श्रेष्ठले जिल्लामा आर्थिक विकासलाई गतिशील बनाउन महोत्सव गरिएको बताउनुभयो । सोमबारसम्म महोत्सवको १ लाख जना मानिसले अवलोकन गरेको सिन्धुली उद्योग वाणिज्य संघका सचिव अमरेशचन्द्र वैदारले जानकारी दिनुभएको छ ।

महोत्सवमा राखिएका १ सय २५ मध्ये १० वटा स्टलमा जुनार र सुन्तलामात्र राखिएका छन् । महोत्सवमा जडीबुटी गार्मेन्ट कृषिजन्य विद्युतीय सामग्री पनि राखिएका छन् । महोत्सवले उपभोक्ता र लघु उद्यमीबीच भेट गराएर उत्पादित वस्तुको बजार विस्तार गरेको छ । सिन्धुलीमा उत्पादन हुने जुनारको बजार विस्तार गर्न महोत्सव सफल छ । यहाँका ४६ गाविसमध्ये ४२ गाविसमा व्यवसायिकरुपमा जुनारखेती गरिन्छ । महोत्सवमा यहाँको चुरे पहाड र महाभारत लेकमा पाइने कुरिलो ठूलोओखती हड्चुर र पाखनबेतजस्ता जडीबुटीको पनि प्रदर्शन र बिक्री गरिएको छ ।

सिन्धुली मै पर्ने बीपी राजमार्ग पनि महोसवको आकर्षक गन्तव्य रहेको छ । बीपी राजमार्गका आसपासका क्षेत्र पीकनिक जाने थलो जस्तै बनेको छ । महोत्सवमा जनजातिका परम्परा र संस्कृति झल्किने वस्त्र बाजा र झाँकी पनि प्रदर्शन गरिएको छ । लोपोन्मुख जाति हायू र थामीका नाच र झाकीले सहभागीहरुकॊ ध्यानाकर्षण गरॆको छ । महोत्सवमा तामाङ मगर गुरुङ सुनुवार नेवार दनुवार र माझी समुदायका नाच प्रदर्शन गरिएको छ ।

त्यस्तै घरेलु स्थानीय तथा अन्य जिल्लाका लघु उद्यमीले तयार गरेको ढाका राडीपाखी खुकुरी हस्तकलाका सामग्रीको पनि प्रदर्शन गरिएको छ । भारतीय कम्पनीका गाडी ट्याक्टरका साथै विभिन्न इलेक्ट्रोनिक्स सामग्री छुटमा बिक्री गरिएको छ । महोत्सवका कारण सिन्धुलीका होटल र गेस्टहाउस र लज खचखच भरिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको सामाजिक सेवा समितिका अध्यक्ष लोकविक्रम थापाले गाउँगाउँमा हुने महोत्सव अर्थिक उन्नतीको संकेत भएको बताउनुभयो ।

ऐतिहासिक सिन्धुलीगढी र हरिहरपुरगढी अवलोकन गर्न आउनेको संख्या पनि बढेको छ । यहाँ दैनिक २ सय जनाले अवलोकन भ्रमण गरिरहेका छन् । महोत्सवमा सहभागी हुन राजनीतिक दलका नेता पनि सिन्धुली पुगेका छन् । सिन्धुलीको सामुदायिक वन पनि महोत्सवको अर्को आकर्षण बनेको छ । सिन्धुली उद्योग वाणिज्य संघको अगुवाइमा नेपाल उद्योग वाणिज्य महासंघ कमलामाई नगरपालिका सामुदायिक वन महासंघ सिन्धुली र जिल्ला विकास समिति सिन्धुलीले संयुक्तरुपमा महोत्सवको गरेका हुन । जिल्लास्थित पाँच राजनीतिक दलको समन्वयमा भएको यो महोत्सवले राजनीतिक द्वन्द्व अन्त्य भएको आभास मिलेको छ ।


Post a reply

More Stories Like this
आज फेव्रुअरी १४ सन्त भ्यालेन्टाइनको सम्झनामा फूल र उपहार साटासाट गरी विश्वभर प्रेम दिवस मनाइँदै
जिवित देवी कुमारीको जात्रा - इन्द्रजात्रा
माया प्रेमको उत्सव रंगको महोत्सव होली पर्व चीर गाडेर सुरु
३६ जना छानिए मिस नेवाः २००९ को लागि
भक्तपुरमा यौन पर्यटनको तयारी

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com