Welcome, Guest Log In Sign Up  

शक्तिका भरमा चुनाव गराइए जनशक्ति पार्टीलाइ मान्य नहुने

rajuby raju
Wed Feb 13, 2008 3:22 pm NST

पूर्वप्रधानमन्त्री तथा जनशक्ति पार्टीका अध्यक्ष सूर्य बहादुर थापाले आन्दोलनरत पक्षका माग बेवास्ता गरी शक्तिका भरमा चुनाव गराइए त्यो मान्य नहुने बताउनु भएको छ । सात दल आफ्ना हक अधिकार स्थापित गर्न आन्दोलनरत पक्षसंग वार्ता गर्नुको साटो जनताका आवाज दवाउने मानसिकतामा रहेको भन्दै उहाँले सात दलको आलोचना समेत गर्नुभयो । उहाँले सरकारको ब्यवहारका कारण संविधानसभा चुनाव शंकाको घेरामा रहेको बताउनु भयो । पार्टीको आजबाट काठमाडौंमा सुरु भएको राष्ट्रिय सम्मेलनको उदघाटन गर्दै अध्यक्ष थापाले देश भताभुङ्ग र लथालिङ्गको स्थितिमा पुगेको भन्दै राष्ट्रिय एकता खाँचो भएको औंल्याउनुभयो ।

माओवादीले वाइसिएललाई चुनावी वुथमा तैनाथ गरेर बुथ कब्जा गर्न खोजेको उहाँको आरोप छ । देशको शान्ति सुरक्षु सुदृढ हुन नसकेकोमा उहाँले सरकारको आलोचना गर्नुभयो । पार्टीका सहअध्यक्ष डा प्रकाशचन्द्र लोहनीले जनताले दिएको म्यान्डेटलाई सातदलले तिरस्कार गरेको आरोप लगाउनुभयो । सातदल निरंकुश भएको बताउँदै नेता लोहनीले माओवादीलाई देशका नयाँ राणा भएको टिप्पणी गर्नुभयो । जनशक्ति पार्टीले आजै आफ्नो घोषणापत्र पनि सार्वजनिक गरेको छ । घोषणापत्रमा सातदलले अन्तरीम संविधानको औचित्यलाई समाप्त पारेको बताइएको छ । यसैगरी माओवादी द्धैध भूमिकामा रहेको भन्दै उसका कि्रयाकलाप प्रजातान्त्रिक नभएको किटान गरिएको छ । राजसंस्थाका बारे निर्णय गर्ने सम्पूर्ण अघिकार जनतालाई दिइनुपर्ने पनि घोषणापत्रमा लेखिएको छ । पाँचै विकास क्षँेत्रका दुईसय जिल्ला तथा नगर अध्यक्षहरु सम्मेलनमा सहभागी छन् । सबैले आफनो बिचार दिएपछि भोलि घोषणापत्र पारित गरिने जनाइएको छ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com