Welcome, Guest Log In Sign Up  

ग्रील ब्यावसायको बिरोध

rajuby raju
Wed Feb 13, 2008 3:17 pm NST

सरकारले फलामजन्य पदार्थमा अत्यधिक मूल्यवृद्धि गरेको भन्दै ग्रील ब्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । आज काठमाडौंको तिनकुनेमा दुइ घण्टा धर्ना दिदै ग्रील ब्यबसायीहरुले पेट्रोलियम पदार्थ तथा बिद्युतको कम आपूर्तिको कारण मारमा परेको ब्यवसाय मूल्यबृद्धिले झनै धरासायी बनेकेा बताए ।

ब्यबसायीहरुले मूल्यबृद्धिले कालो बजारी बढेको भन्दै निष्पक्ष छानबिन गर्न माग समेत गरेका छन् । सरकारले २०५४ सालदेखि ग्रील ब्यबसायको दर्ता रेाक्का गरेकोमा आपति जनाउँदै उनीहरुले करोडौ रुपैयु राजस्व गुमेको जनाकारी दिएका छन् । मूल्यवृद्धिपछि निर्माण कार्यमा प्रयोग हुने फलामे छडको मूल्य प्रतिकिलो ७० रुपैयाँभन्दा बढी भएको छ । ग्रील ब्यावसायले अहिले बार्षिक १५ अर्व भन्दा बढीको फलामजन्य पदार्थको आर्थिक कारोवार गर्दै आएको छ भने १ लाख भन्दा बढीलाई प्रत्यक्ष रोजगार दिएको छ । नेपालमा अहिले ६ सय भन्दा बढी ग्रील उद्योग संचालनमा छन् ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com