Welcome, Guest Log In Sign Up  

काठमाडौंमा पेट्रोलियम पर्दाथको अभाव

rajuby raju
Tue Feb 12, 2008 1:27 pm NST

पेट्रोलियम पदार्थको सहज आपूर्ति नहुँदा सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ । केही दिनदेखि काठमाडौंमा पेट्रोलियम पर्दाथको अभाव भएपछि भाडा तथा निजी यातायातका साधन कम मात्र गुडेका छन् ।

डिजेलको अभाव भएकालॆ सार्वजनिक यातायातका साधन पनि निकै कम चलेका छन् । यातायातका साधन नपाएपछि सर्वसाधारण पैदल हिडेर गन्तव्यसम्म पुग्न वाध्य छन् । काठमाडौंमा अधिकांश पेट्रोलपम्पमा पेट्रोल छैन लेखिएको बोर्ड झुन्डाइएको छ । पेट्रोलियम पदार्थ बाँडिरहेका पम्पहरुमा पनि अत्यधिक भिड भएकाले सर्वसाधारणहरु घण्टौ लाम लाग्न बाध्य भएका छन् । यस्तै मट्टितेलको पनि अभाव भएपछि काठमाडौंमा नेपाल आयल निगमको बिक्री केन्द्रहरुमा उपभोक्ताको भिड लागेको छ । एक सातादेखि निगमका बिक्री केन्द्रहरुमा मट्टितेल नभएपछि उपभोक्तालाई निकै समस्या परेको छ ।

काठमाडौंका अधिकाशं चोकमा मट्टितेल किन्नेहरुको लाम लागे पनि समयमा मट्टितेल नपाएपछि उपभोक्ता आक्रोशित बनेका छन् । आयल निगमको थोक विक्री केन्द्रले मट्टितेलको कृत्रिम अभाव सिर्जना गरेको उपभोक्ताको आरोप छ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com