Welcome, Guest Log In Sign Up  

कास्कीको सराङ्गकोटमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु ४२ जना घाइते

rajuby raju
Mon Dec 14, 2009 1:48 pm NST

कास्कीको सराङ्गकोटमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन् । कास्कीकोट गाविसबाट पोखरा आउँदै गरेको ना १ ख ६२६६ नम्वरको यात्रुवाहक वस सराङ्गकोट गाविस साउनेपानीमा सडकबाट झण्डै डेढसय फीट तल खस्ोको छ । कच्ची सडकबाट भीरमा बनेको खोल्सामा बस खसेको हो । खोल्साको दायाँवायाँ रहेका रुखमा डोरी वाँधेर वसमा च्यापीएका घाइतेको उद्दार गरिएको छ । दुर्घटनामा घाइते भएका ४२ जनाको गण्डकी क्षेत्रीय अस्पताल र मणिपाल अस्पतालमा उपचार भैरहेको छ । केही घाइतेको अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ । कार्यालय समय भएका कारण वसमा यात्रुको भीड रहेको घटनाका प्रत्यक्ष दर्शीको भनाई छ । घटना के कारणले भएको भन्ने यकीन हुन सकेको छैन । घटना लगत्तै स्थानीयवासी प्रहरी र प्याराग्लाइडिङ्गका लागि गएका पर्यटकले उद्दार गरेका थिए ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com