जातीय संगठनहरुद्वारा नेवाः स्वायत्त राज्यको लागि संयुक्त प्रतिबद्धता नेवाः स्वायत्त राज्य संयुक्त संघर्ष समितिको आयोजनामा आज विविध २७ नेवार जातिय संघसंस्थाका अध्यक्षहरुबाट बसन्तपुरमा संयुक्त प्रतिबद्धता ब्यक्त गरियो । नेवाः स्वायत्त राज्यको स्थापनाको लागि आफ्नो जातीय संस्थाबाट निरन्तर आन्दोलन गर्ने प्रतिबद्धता उहाँहरुले गर्नुभएको थियो ।
प्रतिबद्धता सभामा संयुक्त संघर्ष समितिका अध्यक्ष नरेन्द्रभक्त हाडाले उपस्थित जातीय संघसंस्थाका अध्यक्षहरुलाई संयुक्त प्रतिबद्धता पाठ गराउनु भएको थियो ।
नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको डेढ वर्ष बितिसक्दा पनि यसको कार्यान्वयनमा उदासिनता देखाएकै कारण आज नयाँ बन्ने संविधानमा नेवाः स्वायत्त राज्य सुनिश्चित गराउनका लागि नेवारहरुले यस्तो कदम उठाउनु परेको सभामा सहभागी अधिकांश वक्ताहरुले जिकिर गरेका थिए ।
सभामा ज्यापु समाज, नेपाल द्यःला समाज, नेपाल खड्गी सेवा समिति, ज्यापु महागुथि, बज्राचार्य समन्वय परिषद्, उदाय समाज, तवः समाज, स्यस्यः समाज, कपाली समाज, चित्रकार समाज, लगायतका समुदायको सहभागिता रहेको थियो ।
सो सभामा बोल्दै संघर्ष समितिका सदस्य एवं जातीय संघसंस्था समन्वय समितिका संयोजक मल्ल के. सुन्दरले ६०० वर्ष अगाडि नेवार समुदायमा जातिभेद नभएको भए पनि त्यसपछिका शासकवर्गले आफ्नो निहित स्वार्थपूर्तिका लागि विभिन्न जातिमा विभक्त पारेको र आजको संयुक्त प्रतिबद्धताले त्यो विभेदको रेखा मेटिएको धारणा राख्नुभयो । उहाँले यही पुस ११ गते दशरथ रङ्गशालामा हुने नेवाः स्वायत्त राज्य घोषणा सभामा सहभागी हुनका लागि सबैलाई आग्रह समेत गर्नुभएको थियो ।
कार्यक्रममा बोल्नुहुँदै नेवाः देय् दबूका संरक्षक सल्लाहकार लक्ष्मण राजवंशीले २०४६ सालमा गणेशमान सिंहको नेतृत्वमा जनआन्दोलन सफल भएको स्मरण गराउनु भयो । उहाँले २००७ सालको क्रान्तिको जगका रुपमा रहनुभएका महान चार शहीदको हत्या गर्ने जुद्ध सम्शेरको शालिक आजसम्म पनि सडकको बीचमा शानले उभिनुलाई नेपाली जनताको अपमान भएको जिकिर गर्नुभयो ।
नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्राकारको अध्यक्षतामा सो सभा भएको थियो ।
नेवाः स्वायत्त राज्य मंकाः संघर्ष समितिले यही पुस ११ गते नेवाः स्वायत्त राज्य घोषणाका साथै नेवाः राष्ट्रिय झण्डा झण्डोत्तोलन नेवाः राष्ट्रिय गान सार्वजनिक गर्ने भएको छ ।
- नेसस बुलेटिन
Post a reply
Recent Features टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन
|
|
News Feed
Archives 2011
Archives 2010
- January, 2010
- February, 2010
- March, 2010
- April, 2010
- May, 2010
- June, 2010
- July, 2010
- August, 2010
- September, 2010
- October, 2010
- November, 2010
- December, 2010
Archives 2009
- January, 2009
- February, 2009
- March, 2009
- April, 2009
- May, 2009
- June, 2009
- July, 2009
- August, 2009
- September, 2009
- October, 2009
- November, 2009
- December, 2009
Archives 2008
- January, 2008
- February, 2008
- March, 2008
- April, 2008
- May, 2008
- June, 2008
- July, 2008
- August, 2008
- September, 2008
- October, 2008
- November, 2008
- December, 2008
Community
Useful Links
|
|