Welcome, Guest Log In Sign Up  

जापानमा रेस्टुरेन्ट ब्यवसायीहरु सङठित

१२ दिसेम्बरका दिन जापानका नेपाली रेष्टुरेन्ट ब्यवसायीहरुको टोकियोको ओकुबोस्थित केबी किचनमा सम्पन्न एक भेलाद्वारा "नेपाल जापान रेष्टुरेन्टब्यवसाय संघ" नामक संगठनको गठन भएको छ ।

उक्त भेलाले सुनिलकुमार शाक्यको अध्यक्षतामा ७ सदस्यीय "नेपाल जापान ब्यवसायी संघ" को पहिलो कार्यसमिति गठन गरिएको छ । जसअनुसार उपाध्यक्षमा रघुदीप खड्का, महासचिवमा रविन्द्र श्रेष्ठ (शाखः), र कोषाध्यक्षमा जनकराज शाक्य सर्बसम्मतिबाट चयन हुनुभएको छ भने अन्य सदस्यहरुमा कृष्णबदन जोशी, अनिलकुमार शाक्य र शाक्यरत्न शाक्य रहनुभएको छ । यसैगरी भेलाले एनआरएनका आइसीसी सदस्य किरणविक्रम थापालाई सल्लाहकारमा मनोनयन गरेको छ ।

रेष्टुरेन्ट ब्यवसायीहरुको भेलाले चुस्त, दुरुस्त एवं प्रभावकारी ढंगबाट संघलाई अगाडि बढाउनका लागि आगामी तीनमहिनाभित्र संघको बिधान निर्माण गरी कार्यान्वयनमा ल्याइने निर्णय पनि गरेको छ । यसैगरी भेलाले बिचल्लीमा परेका रेष्टुरेन्ट ब्यवसायसंग सम्बन्धि नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुका लागि के कसरी सुगम ब्यवस्था गर्न सकिन्छ यसबारे सम्बधित एबम जिम्मेवार ब्यबसायीहरु माझमै बसी उक्त बिचल्लीबारे छलफल गरी यथासक्य पहलको बाटो अपनाउने प्रतिबद्धता समेत जाहेर गर्दै संघले यथाशिघ्र अरु प्रभावकारी कार्यक्रमहरु सार्बजनिक गर्ने बताएको छ ।
भेलाद्वारा जापानका रेष्टुरेन्ट ब्यवसायी नेपाली तथा जापानी नागरिकहरुमा नवगठित ब्यवसायी संघमा आबद्ध हुन हार्दिक आह्वानसमेत गरिएको छ भने यस संस्थाले बोकेको नारा यस प्रकारको छ " आफू पनि बनौ सबैलाई पनि बनाउ" !"

रबि श्रेष्ठ ,तोकियो


Post a reply

More Stories Like this
नेपाली मूलका दर्शन रौनियारले अमेरिकी कांग्रेसमा उमेद्वारी
मायाको डोरीले बाँधे दीपकले सियाटललाई
भिजिट नेपाल २०११ प्रवर्द्धनका लागि सियाटलमा भव्य कार्यक्रम
अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनका लागि न्यूयोर्क व्यस्त
जापानमा लोकतन्त्र दिवस भव्यताका साथ सम्पन्न

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com