Welcome, Guest Log In Sign Up  

धादिङमा सुनखानी

rajuby raju
Tue Feb 12, 2008 1:21 pm NST

प्रथम धादिङ महोत्सवमा प्रदर्शनीका लागी ल्याइएको ढुङगा पगाल्दा सुन भेटिएको छ । प्याल्दोर हिमाल विकास क्लब तिप्लिङले हिमाली क्षेत्र तिप्लिङको सुनदह बाट ल्याएको दाउ जातको ढुङगो पगाल्दा सुन भेटिएको हो ।

सुनदहको ढुङगोमा सुन हुनॆ सुनेर टल्कनॆ कालो ढुङगो महोत्सवमा प्रदर्शनीका लागी ल्याएको क्लबका हेम थापा वाइवाले बताउनु भयो । प्रथम धादिङ महोत्सव सकिए लगत्तै हिजो पाँच सय ग्रामको ढुङगो पगाल्दा एक तोला सुन भेटिएको हो । भेटिएको सुन गुणस्तरिय भएको सुनपसलले बताएका छन् । जस्ताखानीको उत्खनन गर्दै आइरहेको नेपाल मेटल कम्पनीले सुनदहमा पाईने दाउ जातको ढुङगा अनुसन्धानको लागी भन्दै विदेश लैजाने गरेकाले सुनदहको संरक्षण गर्नुपर्ने स्थानियबासीको माग छ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com