Welcome, Guest Log In Sign Up  

पत्रकारको चुनाव

rajuby raju
Tue Feb 12, 2008 1:20 pm NST

चलचित्र पत्रकार संघको चौथो महाधिवेशन काठमाडौंमा सुरु भएको छ । एक दिने अधिवेशन नयाँ नेतृत्व चयन गर्दै पत्रकार महासंघको केन्द्रीय निर्वाचनका निम्ति सभाषद पनि चयन गर्ने भएकेा छ ।

यस पटक अध्यक्ष पदका निम्ति चार जनाले उम्मेदवारी दिने चर्चा छ । वर्तमान अध्यक्ष विदूर गिरी, पत्रकार शान्तिपि्रय नरेश भट्टराई र कृष्ण साह यात्रीले आगामी नेतृत्वको दाबी गरिरहेका छन् । त्यस्तै महासचिवमा सगरमाथा टेलिभिजनका पत्रकार विनोद अर्याल र सुव्रत आचार्य प्रतिस्पर्धामा छन् । काठमाडौंको लैनचौरस्थित बैंकटेश क्लबमा सुरु भएको महाधिवेशनको बन्द सत्रमा गत वर्षको आय व्यय प्रतिवेदन पेश गर्ने तयारी भइरहेको छ ।

यसैगरी नेपाल पत्रकार महासंघ बाँकेको आठौं अधिवेशनले झलक गैरेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । अधिवेशनबाट केन्द्रीय सभासदमा कृष्ण अधिकारी जे पान्डे जनक नेपाल शिब डोटेल गोपी बुढा अछरी पोखरेल निर्वाचित भएका छन् । त्यसैगरी अन्य केन्द्रीय सभासद्मा पन्नालाल गुप्ता हेमन्त कर्माचार्य प्रेम केसी निरज गौतम र बिजय बर्मा निर्बाचित भएका छन् ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com