Welcome, Guest Log In Sign Up  

नेपालमा मुद्दा नचलाई डा. अमितलाई भारत पठाइयो

dineshby dinesh
Sat Feb 9, 2008 11:24 pm NST

मृगौलाको अवैध व्यापार गर्ने आरोप लागेका डा‌‌.‌ अमितकुमारलाई नेपालमा कुनै मुद्दा नचलाई विना कुनै कारवाही भारतमा सुपुर्दगी गरिएको छ । डा. अमितलाई शनिवार साँझ साढे पाँच बजेको इण्डियन एअरलाइन्सको ८१४ नम्वरको विमानबाट भारत पठाइएको हो ।

आइतवार मुद्दा चलाइने भनिएका डा. अमितलाई शनिवार साँझ नैं भारतमा सुपुर्दगी गरिनुलाई शंकास्पद दृष्टिले हेर्न थालिएको छ । एक सय भन्दा बढि नेपालीको मृगौलाको अवैध व्यापार गरेको आरोप लागेका उनलाई मानव अंग प्रत्यारोपण ऐन र विदेशी मुद्रा विनिमय ऐन अन्तर्गत तयारी भइरहेको थियो । तर यस सम्वन्धी कुनै क्रियाकलाप अघि बढ्न नपाउँदै अमितकुमारलाई यथासक्य हस्तान्तरण गर्न भारत सरकारले नेपाल सरकारलाई अनुरोध गरेपछि नेपाली सुरक्षाकर्मीले उनलाई बुझाइदिएको हो ।


Comments

jirajukaby jirajuka
Sun Feb 10, 2008 2:11 am NST
नेपालमै आरोप लागेका व्यक्तिलाई यसरी हतार हतारमा भारतलाई बुझाउनुको अर्थ नेपाली अधिकारीहरुको भारतबाट स्याबासी र पुरस्कार पाउने लालसा हो भन्ने मलाई लाग्छ जसको प्रमाणस्वरुप आरोपित डा अमितकुमार भारत पुग्ने बित्तिकै त्यहाँका अधिकारीहरुले नेपाल प्रहरीलाई एकदम सराहना गरी धन्यवाद व्यक्त गर्नु हो ।



Post a reply

Related Stories
मृगौला व्यापारी डा. अमित प्रहरी फन्दामा
डा. किड्नीको भ्यालेन्टाइन कथा

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com