Welcome, Guest Log In Sign Up  

पोखराको काहुँमा महोत्सव

rajendraby rajendra
Tue Dec 23, 2008 10:42 am NST

पर्यटन तथा नागरिक उडड्यन मन्त्रि हिसिला यमिले कास्कीको काहुँ डाडुमा आयोजित दोस्रो काहुँ धरहरा महोत्सवको उद्घाटन गर्नुभएको छ । सो कार्यक्रमका बोल्दै यमिले महिलाहरुको अग्रसरतामा नै ग्रामिण पर्यटनको विकास हुन सक्ने र गाउँमा गाउँमा आमा समुहको कि्रयाशिलतामा विकासले फड्को मार्ने विश्वास ब्यक्त गर्नुभयो ।

कार्यक्रमका बोल्दै कास्की क्षेत्र नम्वर २ का सभासद् राजकाजी तमू करणले प्रसस्त सम्भावना वोकेको काहु धरहराको विकासमा सवै लाग्नु पर्ने धारण व्यक्त गर्नुभयॊ । कार्यक्रममा नेपाल पर्यटन वोर्डका सदस्य अग्नि कँडेल पर्यटन तथा नागरिक उड्यान मन्त्रालयका सचिव रामचन्द्र मान सिँह नागरिक उड्यान प्राधिकरणका वोर्ड सदस्य निरोध पाण्डे नेपाली काँग्रेस कास्कीका सभापति यज्ञ वहादुर थापा लगाएतले वोल्नु भएको थियो ।

काँहुँ धरहरा महोत्सव यहि पौष १३ गते सम्म चल्ने बताइएको छ । महोत्सव अवधिभर करिव ५० हजार दर्शकले काहु धरहराको अवलोकन गर्ने विस्वास आयोजकले लिएको छ । महोत्सवमा स्थानिय कृषि उपज सहित करिव ६० वटा स्टलहरु रहेका छन् । पोखरादेखि ७ किलोमिटरको दुरीमा काहुको डाडाँमा रहेको धरहरा पोखरा र माछापुच्छे्रको सुन्दर दृश्यावलोकनको उपयुक्त मानिन्छ ।

उत्तमप्रसाद पण्डित, पोखराद्वारा प्रेषित जानकारीमा आधारित


Post a reply

Recent News
बागलुङमा चोरी गर्ने सार्वजनिक
दुर्घटनामा एकको मृत्यु, सडक अवरुद्ध
विद्यार्थि र अभिभावकले मनाए तिज विशेष
एक व्यक्ति मृत अवस्थामा फेला
शुक्रबार सार्वजनिक विदा दिने सरकारको निर्णय

Recent Features
मिस लिटिल नेवाः २०१० को ट्यालेन्ट सो सम्पन्न
काठमाडौको बसुन्धरामा कार वम विष्फोट
नेपाली काँग्रेसद्बारा प्रस्तावित नयाँ नेपालको संविधानको खाका
सरकाले बैशाख ११ गते भब्य रुपमा लोतन्त्र दिवस मनाइंदै
आज मार्च ८ तारीख अर्थात अन्तराष्ट्रिय श्रमीक महिला दिवस


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2010 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com