Welcome, Guest Log In Sign Up  

बाघ सम्मेलन आजदेखि सुरु

rnby rn
Tue Oct 27, 2009 3:53 pm NST

प्रधानमन्त्री माधवकुमार नेपालले लोपोन्मुख वन्यजन्तु संरक्षणका लागि अन्तरदेशीय नो बाउन्ड्री एरिया स्थापनाको प्रस्ताव गर्नुभएको छ । काठमाडांैमा आजदेखी सुरु भएको विश्व बाघ कार्यशाला उद्घाटन गर्दै प्रधानमन्त्री नेपालले बन्यजन्तुको बासस्थानमा कुनै निश्चित परिधि तोक्न नहुने भन्दै निकट भविष्यमै नेपाल र भारतबीच नो बाउन्ड्री अवधारणा लागू हुने जानकारी दिनुभयो । आवश्यक कानून बनाएर लोप।ेन्मुख वन्यजन्तु संरक्षण गर्ने प्रतिबद्धता पनि प्रधानमन्त्रीले जनाउनुभयो ।


वन तथा भू-संरक्षण मन्त्रालयको आयोजना तथा विश्व बाघ माच साइटिस सचिवालय ग्लोबल टाइगर इनिसियटिभ विश्व बैंक सेभ द टाइगर फण्ड राष्ट्रिय प्रकृति संरक्षण कोष र विश्व वन्यजन्तु कोष नेपालको सहयोगमा सुरुभएको सम्मेलन चार दिन चल्नेछ । सम्मेलनमा बाघ पाइने देशका साथै बाघ संरक्षणमा कि्रयाशील राष्ट्रिय-अन्तर्राष्ट्रिय सरकारी तथा गैर-सरकारी संस्थाका झन्डै दुई सय प्रतिनिधी सहभागी छन्ा् । बाघको संख्या बढाउनका लागि चाल्नुपर्ने कदमवारे कार्यशालाले रणनीति बनाउने छ । नेपाल सरकारले आजै गौरीशंकर क्षेत्रलाई संरक्षीत् क्षेत्र घोषणा गरेको छ । यो सहित अब नेपालमा संरक्षण क्षेत्रको संख्या १३ पुगेको छ । बन मन्त्री दिपक बोहोराले बर्दिया राष्ट्रिय निकुाजको क्षेत्र बढाएर नौं हजार वर्ग किलोमिटर बनाएको जानकारी पनि दिनुभयो । सरकारले बन्यजन्तुको अबैध चोरी सिकारी नियन्त्रण गर्न अर्धन्यायिक एन्टी पोचिङ् सेल घोषणा पनि गरेको छ । कार्यशालाले अन्तराष्ट्रिय बाघ संरक्षणमा अवलम्बन गरिएका कार्ययोजना र अनुभव समिक्षा गरी नयाँ रणनीति तयार पार्नेछ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com