Welcome, Guest Log In Sign Up  

क्रान्तिकारी जनपरिषद् सात दलीय सहमति विपरीत

rajuby raju
Thu Feb 7, 2008 2:36 pm NST

नेकपा एमालेका महासचिव माधवकुमार नेपालले माओवादीले पुनर्गठन गरेको क्रान्तिकारी जनपरिषद् सात दलीय सहमति विपरीत भएको बताउनुभएको छ । महासचिव नेपालले माओवादीका यस्ता कि्रयाकलापले राजनीतिक दलबीच द्वन्द्व चर्काउने चेतावनी दिनुभयो । उहाँले माओवादीमा हतियारको दम्भ कायमै रहेको आरोप पनि लगाउनुभयो ।

एमाले महासचिव नेपालले माओवादी संविधानसभा चुनाव कब्जा गर्ने अभियानमा लागेको आरोप लगाउनुभएको छ । महासचिव नेपालले माओवादीका कि्रयाकलाप चुनावको पक्षमा नभएको आरोप लगाउनुभयो । संविधानसभा चुनावी अभियानका क्रममा दार्चुला पुगेपछि माओवादी कार्यकर्ताको आक्रमणबाट गम्भीर घाईते हुनुभएका नेपाली काँग्रेसका नेता दिलेन्द्र वडुलगायतका घाईतेलाई भेट गर्न शिक्षण अस्पताल महाराजगंज पुग्नुभएका महासचिव नेपालले माओवादीले आफनो चरित्रमा सुधार नल्याए सातदलीय एकतामा समेत खलल पुग्ने चेतावनी दिनुभयो ।

माओवादीले अन्य दलको अस्तीत्व स्वीकार गर्न नसकेको एमाले महासचिव नेपालको आरोप छ । दार्चुलाको लटिनाथ गाविसको वडा नम्बर ७ स्थित रिल गाउँमा चुनावीसभाका लागि पुगेका कांग्रेसका नेता तथा कार्यकर्तालाई माओवादीले ढुंगामुढा प्रहार गरि नेता बडुसहित १५ जना कांग्रेस कार्यकर्ता र ६ जना प्रहरीलाई घाइते बनाएका थिए । महासचिव नेपालले माओवादी आक्रमणमा परि घाइते भएका प्रहरी जवानको स्वास्थ्य अवस्थाका बारेमा समेत जानकारी लिनु भएको थियो । घटनामा परि घाइते भएका महेन्द्रराज भट्ट, प्रतापसिह रावल, धनसिह साउद, वीर बहादुर चन्द, शेरसिह धामी र दुर्गाप्रसाद भट्टको बीरेन्द्र प्रहरी अस्पताल महाराजगंजमा उपचार भइरहेको छ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com