Welcome, Guest Log In Sign Up  

पेरिसमा देवकोटाको जन्म जयन्ती तथा देउशी कार्यक्रम

dineshby dinesh
Wed Oct 21, 2009 9:24 am NST

एन आर एन फ्रान्सको आयोजनामा फ्रान्सको राजधानी पेरिसमा देउशी भाईइलो कार्यक्रमको आयोजना गरियो। नेपाली कलाको जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा फ्रान्सबासी नेपाली समुदायको उपस्थिती रहेको थियो।

नेपालीहरुको महान पर्ब शुभ दिपावलि साथसाथै नेपाली साहित्यका मुर्धन्य ब्यक्तित्य महाकवी लक्ष्मी प्रसाद देवकोटाको जन्म जयन्तीको उपलक्ष्यमा महाकविको तस्विरमा माल्यार्पण गरियो। उक्त अबसरमा आदिकविको कबिता बाचन गर्नुका साथसाथै नेपाली साहित्यका ज्वाजल्यमान प्रतिमुर्ती महाकबि लक्ष्मी प्रशाद देवकोटाको जन्म जयन्तिको उपलक्ष्यमा एन आर एन फ्रान्सले उनको प्रतिमामा पुष्पमाला चढाइ स्मरण गर्‍यो। एन आर एन फ्रान्सका उपाध्यक्ष्य थमन टन्डन तथा फ्रान्सका लागि कार्यबाहक नेपाली राजदुत जीवन प्रकाश श्रेष्ठले देवकोटाले नेपाली साहित्यमा पुर्‍याउनुभएको योगदानको बारेमा चर्चा गर्नुभएको थियो। उक्त समारोहमा देवकोटाले रचना गर्नुभएको कबिता बाचन गरिएको थियो। उल्लेख्य मात्रामा नेपालीहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा एन आर एन फ्रान्स कार्य समितिका पदाधिकारीहरु महासचिब हरी प्रशाद सापकोटा, कोसाध्यक्ष्य कृष्ण प्रशाद अधिकारी,सहकोषाध्यक्ष्य , सदस्यहरु घनश्याम पौडेल, एन आर एनका कृयाशिल सदस्य निर्मल अर्याल लगयतको उपस्थिती रहेको थियो।

कला सस्कृतिका पारखी पेरिसबासिहरुले त्यसै अबसरमा देउसी भइलो तथा नाचगान गरी रमाइलो मात्र गरेनन २५ अक्टुबरमा एन आर एनले आयोजना गर्न लागेको कार्यक्रममा समेत सकृयाताकासाथ सहभागी हुने प्रतिबद्दता जनाए।नेपाली लोकदोहोरिमा खप्पिस पेरिसबासी नेपाली समुहरुबिच लोकदोहोरिमा भीषण घम्चाघम्ची नै परेको थियो।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com