Welcome, Guest Log In Sign Up  

म्हपूजा गर्नु नपर्नेहरुले नेवारहरुको चाडबाडलाई बिगारिरहेका छन् - सत्यमोहन जोशी

rajendraby rajendra
Mon Oct 19, 2009 12:36 am NST

'म्हपूजा गर्नु नपर्नेहरुले नेवारहरुको चाडबाडलाई बिगारिरहेका छन्' यो आरोप हो नेपालभाषा एकेडेमीका चान्सलर एवं संस्कृतिविद् सत्यमोहन जोशीको । उहाँले आज ज्यापु समाज यल युवा समूहले ललितपुरको गःछेँ टोलमा आयोजना गरेको चियापान कार्यक्रममा सो कुरा भन्नु भएको हो । उहाँले उपत्यका बाहिरबाट आएका गैर नेवारहरुको साइत हेर्ने चलन रहेको तर नेवार जाति भित्र भने साइत हेर्ने चलन नरहेको बताउँदै नेवारहरुले म्हपूजा र भाइटिका दुवै राति अबेर मात्र गर्ने कुरा बताउनुभयो ।

कार्यक्रममा ज्यापु समाज यलका अध्यक्ष रामकाजी अवालेले नेवारहरु एकजुट भएर अगाडि बढ्नु पर्ने आवश्यकतालाई उजागर गर्नुहुँदै नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता दिइसकेपछि अब यसलाई नेपालभर प्रयोग गरिनुपर्दछ भन्नुभयो । ललितपुर गःछेँ टोलका नाइके चन्द्रलाल महर्जनले स्वागत गरी साचालन भएको कार्यक्रम किरण डंगोलको सभापतित्वमा भएको थियो । - नेसस बुलेटिन


Comments

prosiby prosi
Wed Nov 4, 2009 2:14 am NST
He is right. what do you think about it?



Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com