Welcome, Guest Log In Sign Up  

वाईसीएल कार्यालयमा छापा

rajuby raju
Thu Feb 7, 2008 2:35 pm NST

नेकपा माओवादीको सहायक संगठन वाइसीएलले हिजो संगठनको कार्यालयमा प्रहरीले छापा मारेकोप्रति आपत्ति प्रकट गर्दै आज काठमाडौमा भण्डाफोर कार्यक्रम गरिरहेको छ । उपत्यकामा रहेका माओवादी भातृ संगठनका विभिन्न कार्यालयहरुमा प्रहरीले विना सूचना र विना पूर्जि छापा मारेको विरोध गर्दै वाइसीएल कार्यकर्ताहरु खुल्ला मंचमा भेला भएका छन् ।

उपत्यकाका विभिन्न ठाउँबाट नारा जुलुस सहित आएका वाइसीएल कार्यकर्ताहरु अहिले खुल्लामंचमा भेला भइरहेका छन् । गएराती प्रहरीले माओवादीको युवा संगठन वाईसीएलको बालाजुस्थित केन्द्रीय कार्यालय सहित उपत्यकाका तीनवटा कार्यालयमा छापा मारेका थिए ।

हतियार रहेको आशंकामा छापा मारेपनि हतियार भने नभेटिएको प्रहरीले जनाएको छ । गृह मन्त्रालयको आदेशमा प्रहरीले छापा मारेपछि काठमाडौं उपत्यकाको अवस्था केहीबेर तनावग्रस्त बनेको थियो । प्रहरीले काठमाडौंको वालाजु ललितपुरको खनाल गार्मेन्ट र भक्तपुरको गठ्ठाघरमा रहेको वाईसिएल कार्यालयमा एकैपटक छापा मारेको थियो ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com