Welcome, Guest Log In Sign Up  



वैदेशिक रोजगारमा स्वास्थ्य परिक्षणमा कमिसन तन्त्र

एन. के. थेच्वमि

कार्तिक २५ गते सोमवारका दिन प्रकाशित अखण्ड भण्डारी द्वारा लिखित "स्वास्थ्य परिक्षणमा कमिशन" भन्ने शिर्षक पढेपछि केहि लेख्न मनलाग्यो । वास्तवमा नेपालमा हुंदै गरेको वैदेशिक रोजगारको लागि मेडिकल चेकअप अनिवार्यको साथसाथै लापरवाई बढि भएको पाइन्छ । नेपालीहरु स्वास्थ्य परिक्षण नगरी विदेश पनि जाँदैनन गएका सबै फर्कन्छन् भन्ने पनि छैन् र मेडिकल चेकप विश्वसनिय भने पकै छैन् । तर पनि रु १५०० देखि २००० हजार तिरेर नेपाली कामदारहरुले मेडिकल गर्नुपर्ने बाध्यता छ । एक हिसावले रु पाँच सयमा पिसाव ब्लड र एक्सरे गर्छन् र पास फेल छुट्याउँछन् । वास्तवमा यति परिक्षणले पुग्दैन र शुल्कको कुरा गर्नु पर्दा अधिकांस मेनपावर र मेनपावर एजेन्टले मेडिकलले लिने शुल्क रु ५०० पाँचसय भन्दा बढि व्यक्तिबाट लिएको रकम मेडिकलले उनिहरु एजेन्ट र मेनपावर को नाममा जम्मा गरिदिन्छ । यसका मेनपावर र मेनपावर एजेन्टहरुको बेमानी हैन् मेडिकल स्वंमको लापरवाई र कमजोरी हो । यदि रु ५०० सयमा मेडिकल चेकअप गर्न पुग्छ भने विना सितैमा नेपाली छोराछोरीको पैसा मेडिकललाई किन खुवाउने कि संचार माध्यमहरुबाट मेडिकल गराउँदा रु पाँचसय भन्दा बढि तिर्नु पर्दैन भनेर विदेशीन लागेका नेपालीहरुलाई सूचित गर्नुपर् यो । तव गरिब नेपाली छोराछोरीलाई एजेन्ट तथा मेनपावरले ठग्न सक्दैन् । यस विषयमा मेडिकल सेन्टरहरु स्वंम ठग र कम्जोर छन् । तिनिहरुले आफ्नो बिजनेस नहोला भनेर लुट्नेलाई लुटाईरहेका छन् । सबै कुरा थाहा हुंदाहुंदै पनि आफ्नो विजनेश विग्रीएला भनेर चुपचाप छन् । यदि मेडिकल गर्नलाई रु ५०० सय भए पुग्छ भने विना सितैमा मेडिकलले खाने १५ सयमाथि मेनपावर र मेनपावरका एजेन्टले बार्गेनिङ्ग गर्नू जायज छ । र मेडिकल सेन्टरको अर्को नियम के पनि थप्नु जरुरी छ भने एक जना बैदेशीक रोजगारमा जाने व्यक्तिले गरेको मेडिकलको रिपोर्टको समयावधि निश्चित तोक्दै यदि त्यो समय भित्र सम्म रोजगारमा जाने कामदार विदेश जान नसकेमा मेडिकल पुन नगराईकन वा पहिलेको भन्दा केहि सर्टेन एमाउन्टमा स्वही मेडिकल सेन्टरले रि-न्यू गर्ने व्यवस्था हुनुपर्छ । यहाँ आजसम्म यो अवस्था छैन् । अधिकांस मेनपावरहरुले र एजेन्टहरुले विदेशीन लागेका कामदारलाई एकठाउँबाट प्रोसेस गरेर नभए अर्को मेनपावरबाट गराउँदा पून मेडिकल गराई पैसा खर्च गराउँछन् । यसरी मेडिकल सेन्टरहरुले बारम्बार कमिसन खान्छन् । अधिकांस नेपालीले करिब ३÷४ पटक मेडिकल गरेका व्यक्तिहरु प्रोसेसको लागि आउनेहरु पनि कम छैनन् । एउटा मेनपावरबाट प्रोसेस गरेर भिषा नआए अर्को मेनपावरबाट प्रोसेस गराउँदा अधिकांस मेनपावर र मेनपावरका एजेन्टहरुले कमिसनको प्रलोभनमा मेडिकल रि-न्यू नगराईकन अर्को मेडिकल गर्न लगाउँछन् र मेडिकल सेन्टरहरुले पनि व्यक्तिहरुलाई पूर्व मेडिकल भएको छ छैन् नसोधिकन फाईदाको हिसावमा वारम्वार मेडिकल गराउँछन् । नेपाली कामदाहरु ठग्ने सुरुवात सबभन्दा पहिले मेडिकल सेन्टरहरुले गर्दछन् । व्यक्ति ठगीनुमा जिम्बेवार मेडिकल सेन्टरहरु नै हो । वैदेशिक रोजगारलाई समग्र रुपमा हेर्दा बैदेशिक रोगारमा जान गरिने मेडिकल तथा स्वास्थ्य परिक्षण कडाइका साथ गर्नु पर्ने र यसमा हुने गरेको कमिसनखोर तन्त्र सर्व प्रथम मेडिकल सेन्टरहरु स्वंमले हटाउनु पर्छ तव मात्र नेपाली छोराछोरी ठगीनुमा केही राहत मिल्छ नत्र कमिसन तन्त्र चल्नु मेनपावर र मेनपावरका एजेनटको गल्ति नभई मेडिकल सेन्टरनै पूर्ण जिम्मेवार हुनेछन् ।


Post a reply

More Stories Like this
नेपाल प्रहरीमा मुल्यांकन र बढुवा
मितव्ययीता विदेश भ्रमण सभासद र औषधोपचारको कुरा
नयाँ सरकार र कुटनैतिक पहल
नयाँ सरकार, जनता र राहत
उपत्यकामा ट्राफिक समस्या र व्यवस्थापनमा चासो

Recent News
संसदमा लैजाने साझा संकल्प प्रस्ताव तयार गर्न सहमत
हवाई एम्बुलेन्स संचालनका लागि सहयोग जुटाउन बानेश्वरमा श्रीमद्भागवत् सप्ताह सुरु
गाउँले कुटपिट गरी एक सुराकीलाई मारेपछि प्रहरीको गोली लागी दुईको मृत्यु
जनतान्त्रिक मधेस मुक्ति टाइगर्सले सुरु गर्‍यो हत्याको सिलसिला
गृहमन्त्रीले उपल्लो मुस्ताङमा पुगि सुरक्षास्थितिबारे जानकारी लिए

Recent Features
आज मार्च ८ तारीख अर्थात अन्तराष्ट्रिय श्रमीक महिला दिवस
मारियो फेरि अर्को चितुवा
चौंरी गाईको आलो रगत पिउने मेला सुरु
आज श्रीपंचमी पर्व- राष्ट्रपतिवाट बसन्तश्रवण
कास्कीको सराङ्गकोटमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु ४२ जना घाइते


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2010 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com