पूँजी निर्माणको एउटा अर्को स्रोत
जुनसुकै चीजको विकासका आफ्ना चरणहरु हुन्छन्। जसरि एकजना सामान्य अवस्थाको मानिसले जन्मे पछि शैशवकाल, किशोवस्था, युवावस्था, प्रौढावस्था पार गर्दै अन्ततः वृद्धावस्थामा पुगेर मृत्यु प्राप्त गर्नु पर्छ, त्यसरि नै मानव समाजले पनि विकासका आफ्ना विभिन्न चरण अथवा युगहरु पार गर्नु पर्छ। विश्व मानव समाज आदिम साम्यवादी युग, दास युग, सामन्ती युग, पूँजीवादी युग हुँदै आजको साम्राज्यवादी युगमा आइपुगेको हो। भोलि त्यो समाजवादी युग हुँदै मानव सामाज विकासको उच्चतम चरण वैज्ञानिक साम्यवादी युगमा पुग्नेछ। यो विश्व मानव समाज विकासको सामान्य नियम नै हो। मानिस बसोबास गर्ने ब्रम्हा48डको यो एक्लो ग्रह पृथ्वी आफैमा विविधताहरुको अनन्त भण्डार हो। त्यसैले विश्व मानव समाज पनि विविधतायुक्त छ। विश्वमा विभिन्न रुप र रंगका, नाक र नक्सका, सोच र विचारका आहार र बिहारका, संस्कार र संस्कृतिका, साधन र स्रोतका मानव समुदायहरु बसोबास गर्दछन्। यी समुदायहरु विश्व मानव समाजका विशिष्ट रुपहरु हुन्। विश्व मानव समाजको यही विविधताले गर्दा फरक फरक मानव समाजहरुको विकासको गति, क्रम र चरण पनि फरक फरक छ।
विश्व मानव समाजको एउटा विशिष्ट अंग नेपाली समाज अहिले विशुद्ध सामन्ती युगमा पनि छैन, साम्राज्यवादको उपस्थिति र त्यसको औपनिवेशिक शोषणका कारण पूँजीवादमा प्रवेश गर्न सकिरहेको पनि छैन। त्यसैले नेपाललाई अर्ध–सामन्ती तथा अर्ध–औपनिवेशिक मुलुक भनिएको हो। समाजवादी चरणमा प्रवेश गर्नु अघि नेपाली समाजले पूँजीवादी चरण पार गर्नै पर्छ। तर पुरानो पूँजीवाद साम्राज्यवादमा पतन भइसकेको, मुलुकको अर्थतन्त्र र शासन सत्तामा दलाल तथा नोकरशाही पूँजीपति वर्गको पकड रहेको र राष्ट्रिय पूँजीपति वर्ग आफै उनीहरुबाट दमित अवस्थामा रहने भएको हुँदा उसले नेपाली पूँजीवादी–जनवादी क्रान्तिको नेतृत्व गर्न सक्ने अवस्था छैन। त्यो अभिभारा अहिले नेपाली कम्युनिष्टहरुको काँधमा आइपरेको छ जसले मजदुर तथा किसान वर्गको एकतावद्ध शक्ति र राष्ट्रिय पूँजीपति वर्ग समेतको सहयोग र समर्थनमा सम्पन्न गर्नेछ। अर्ध–सामन्ती तथा अर्ध–औपनिवेशिक मुलुकमा सर्वहारावर्गको पक्षधर कम्युनिष्टहरुले नै पूँजीवादी–जनवादी क्रान्ति पूरा गर्नु पर्ने भएको हुँदा त्यसलाई नयाँ जनवादी क्रान्ति र त्यसले स्थापना गर्ने शासन व्यवस्थालाई नयाँ जनवादी व्यवस्था भनिएको हो।
पुरानो होस् अथवा नयाँ, पूँजीवादको विकासको आधारभूत तथा अनिवार्य सर्त भनेको राष्ट्रिय पूँजीको घनिभूत निर्माण र गैर सामन्ती उत्पादन क्षेत्रमा त्यसको व्यापक परिचालन हो। नेपालमा पूँजी निर्माणका अनेक समस्याहरु छन्। नेपालको अर्थतन्त्र र शासन सत्तामा पकड जमाएर बसेका दलाल तथा नोकरशाही पूँजीपतिहरु यसका प्रमुख वाधक हुन्। यिनीहरुले कमिसन र भ्रष्टाचार मार्फत कमाएको सम्पति आफ्नो सत्ता टिकाउन, ऐयासी जीवन बिताउन र सचेत जनतालाई पनि भ्रष्टीकरण गर्नमा बढी खर्च हुने हुँदा उत्पादनशील क्षेत्रमा त्यसको लगानीको सम्भावना कम मात्र रहन्छ। पूँजीवादी उत्पादन क्षेत्रमा लगानी गर्नुको अर्थ अतिरिक्त मूल्य हडप्नु वा नाफा कमाउनु मात्र होइन, त्यसको अर्को पक्ष जोखिम मोल्नु पनि हो। सत्ताको दुरुपयोग गरेरै यिनीहरुको स्वार्थ पूरा हुन्छ भने जोखिम मोल्नु पर्ने क्षेत्रमा लगानी गर्न यिनीहरु उत्सुक नहुनु स्वाभाविकै हो। साम्राज्यवादी मालिकहरुको स्वार्थमा धक्का पुग्ने भएकोले राष्ट्रिय पूजीपतिहरुलाई यिनीहरुले उठ्नै दिंदैनन्। यसले राष्ट्रिय पूँजीको निर्माण र पूँजीवादी उत्पादन क्षेत्रमा त्यसको लगानी हुनमा ठूलो वाधा पररहेको छ।
लामो समय प्राकृतिक प्रकोपमा परेको वा गृहयुद्ध जस्तो आन्तरिक समस्याबाट ग्रस्त धेरै जसो मुलुकहरुको अर्थतन्त्र अनुमान गर्नै नसकिने परिमाण र रफ्तारमा ओरालो लाग्ने गर्छ। तर विगत १३ वर्षको अवधिमा १० वर्ष सशस्त्र विद्रोह सामना गर्न परेको र पछिल्लो ३ वर्षदेखि त्यसैको प्रभाव भोगिरहेको नेपालको आर्थिक सुचकांक हेर्ने हो भने हामीले अरु मुलुकले जस्तो आर्थिक दुर्दशा भोग्न नपरेको मात्र होइन कूल राष्ट्रिय आय र प्रति व्यक्ति आय दुबै केहि मात्रामा बढेकै पाउँछौं। सशस्त्र विद्रोह ताका कृषि उत्पादन घटेको, उद्योगहरु राम्ररी चल्न नसकेको, कृषि पछिको दोस्रो ठूलो उद्योग मानिने पर्यटन उद्योग करिब करिब धरासायी भएको बेला देशको अर्थतन्त्रलाई ओरालो लाग्नबाट जोगाउने मात्र होइन, त्यसलाई चमत्कारिक रुपले उकास्ने जस्तो अहम भूमिका खेल्ने एक मात्र कारक तत्व वैदेशिक रोजगारमा गएका नेपाली कामदारहरुले घर पठाएको रिमटि्यान्स नै हो।
नेपाली अर्थतन्त्रको अध्यताहरुको कथन अनुसार आर्थिक वर्ष २०६२/६३ मा १ खर्व ७२ अर्ब रुपिया बराबरको रिमिट्यान्स भित्रिएको थियो। उक्त आर्थिक वर्षको झण्डै राष्ट्रिय बजेट बराबरको त्यस रकमको सदुपयोग हुन नसकेको र सरकारले पनि त्यसलाई सहि दिशा निर्देश गर्न नसकेकोमा अर्थविदहरु चिन्ता व्यक्त गर्दछन्। वैदेशिक रोजगारीमा जाने कामदारहरुलाई अदक्ष, अर्धदक्ष, पूर्णदक्ष र विशेषज्ञ भनी वर्गीकरण गरेको पाइन्छ। तिनमा पूर्णदक्ष र विशेषज्ञको संख्या स्वभावैले कम हुने हुँदा उनीहरुको औसत स्तर अर्धदक्ष नै मान्नु पर्ने हुन्छ। एकजना अर्धदक्ष कामदारको सपना भन्नु आफू माथि आश्रितहरुले दुई छाक पेटभरी खान पाउन्, छोराछोरीले राम्ररी पढिदिउन्, शहर बस्ती नजिक एक टुक्रा घडेरी किनूँ, त्यसमा एउटा सुविधायुक्त घर बनाऊँ, खेतीपाती गर्न वा सानोतिनो दोकान खोल्न लगानी गर्न सकियोस् र बुढेसकाल अभावमुक्त भएर बितोस् भन्ने नै त हो।
यसबाट के अनुमान लगाउन सकिन्छ भने कामदारहरुले पठाउने त्यो अपार धनराशी मध्ये आधाउधि आश्रितहरुको पालनपोषण र छोराछोरीहरुको शिक्षादीक्षामा खर्चिन्छ भने बाकी आधा अनुत्पादक घरघडेरीमा लगानी हुन्छ। यो सत्य हो कि मानिस बस्न घर चाहिन्छ। यो पनि सत्य हो कि यसले जग्गा व्यवसायी तथा तिनका दलालहरु, हाउजिंङ कम्पनीहरु तथा तिनका कामदारहरुले काम गर्ने अवसर दिएको छ। तर सबभन्दा ठूलो तीतो सत्य के हो भने स्थीर सम्पतिमा गरिएको अति लगानी अनुत्पादक मात्र हुदैन, यसले घडेरी जग्गा र निर्माण सामाग्रीको भाउ पनि अचाक्ली बढाइदिएको छ जसले गर्दा जीवनमा एउटा आफ्नै घर बनाउने सर्वसाधारणको सपना पूरा हुन झन झन दुरुह बन्दै गएको छ। घरजग्गामा गरिने अति लगानीले राष्ट्रिय अर्थतन्त्रलाई कसरि नकारात्मक असर समेत पार्न सक्तछ भन्ने कुरा त्यसो गर्ने दर्जन भन्दा बढी अमेरिकी बैंकहरु हालै टाट पल्टिनुले पुष्टी गर्दछ।
मुलुकमा हालै महत्वपूर्ण राजनीतिक परिवर्तन भएको छ। नेपाली जनताको भाग्य र भविष्यको रेखा कोर्न गठित ऐतिहासिक संविधानसभामा मुलुकमा राष्ट्रिय पूँजी र पूँजीवादको विकास हुनु पर्छ र गर्छु भन्ने कम्युनिष्टहरु झण्डै दुई–तिहाईको संख्यामा पुग्न सफल भएका छन्। सरकारमा पनि कम्युनिष्टहरुकै वर्चस्व छ जसको नेतृत्व नेपाली समाजको आमूल परिवर्तन गर्ने ल73य सहित १० वर्षसम्म सशस्त्र विद्रोहमा उत्रेको कम्युनिष्ट पार्टीले गरिरहेको छ। यसले जनतामा अनेकौं आकाँक्षा जन्माएको छ, धेरै आशा पलाएको छ। यस्तो बेला वैदेशिक रोजगारीमा गएका नेपाली कामदारहरुले आफ्नो पसिना र पेट काढेर पठाउने रिमिट्यान्सलाई सरकारले राष्ट्रिय पूँजी निर्माणको एउटा बलियो स्रोतको रुपमा लिनु पर्छ र त्यसलाई घरजग्गा जस्तो अनुत्पादक क्षेत्रमा लगानी हुनबाट रोकी त्यसको बढी से बढी अंशलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्ने विश्वसनीय वातावरण बनाइदिनु पर्छ। Post a reply
More Stories Like this भाषा बाँचे जाति बाँच्छ
प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेवारभाषामा संवोधन
१२ बुँदे समझदारीको मूल्याङ्कन
फेरि झापड हान्न नपरोस्
संविधान निर्माण नै शहीद दिवसको सार्थकता
Recent Features टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन
|
|
News Feed
Archives 2011
Archives 2010
- January, 2010
- February, 2010
- March, 2010
- April, 2010
- May, 2010
- June, 2010
- July, 2010
- August, 2010
- September, 2010
- October, 2010
- November, 2010
- December, 2010
Archives 2009
- January, 2009
- February, 2009
- March, 2009
- April, 2009
- May, 2009
- June, 2009
- July, 2009
- August, 2009
- September, 2009
- October, 2009
- November, 2009
- December, 2009
Archives 2008
- January, 2008
- February, 2008
- March, 2008
- April, 2008
- May, 2008
- June, 2008
- July, 2008
- August, 2008
- September, 2008
- October, 2008
- November, 2008
- December, 2008
Community
Useful Links
|
|