Welcome, Guest Log In Sign Up  

लेखिने भयो गणतान्त्रिक संविधान

gyanby gyan
Thu Nov 13, 2008 7:31 am NST

गणतान्त्रिक नेपालको नयाँ संविधान अब चाहिं लेखिने नैं भएको छ । यही मंसीर १ देखि नेपालको संविधान लेख्न शुरु हुने कुराको जानकारी सुवास नेम्वाङ्गले दिएका छन् ।

२५० वर्षको शाहवंशीय शासनकालको अन्त्य भई गणतान्त्रिक नेपालको संविधान लेख्नकै लागि करीव ७ महिना अघि नेपालमा चुनाव भएको थियो तर संविधान भने लेख्न सकीरहेको थिएन । हिजो रौतहटको गौरमा मध्यमाञ्चल महोत्सवको उद्घाटन गर्ने क्रममा यहि मंसीर १ गतेदेखि संविधान लेखन कार्य शुरु हुने र यस अघि केहि नियमावलिहरु पारित गर्नुपर्ने कुरा नेम्वाङ्गले बताए ।

संविधान समयमानै लेख्न नसके मुलुक ठूलो दुर्घटनामा पर्ने कुरा हालै मात्र काङग्रेसका सभापति गिरिजा प्रसाद कोइरालाको भनाइ बाहिर आएको थियो ।

संविधान निर्माण नभए मुलुकमा स्थायित्व र विकास नहुने वताउने अध्यक्ष नेम्वाङ्गले समयमा नै संविधान लेखि सक्ने कुरामा विश्वष्ट देखिन्छन् । रौतहटमा पहिलो पटक शुरु भएको महोत्सव मंसीर ६ गतेसम्म चल्ने बताइएको छ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com