Welcome, Guest Log In Sign Up  

अमेरिकामा चारदिने नेपाल महोत्सव

rajendraby rajendra
Mon Nov 10, 2008 7:18 am NST

नेपाली जनसम्पर्क समिति अमेरिका र एड एण्ड इभेन्टस् नेपालको संयुक्त आयोजनामा संयुक्त राज्य अमेरिकामा आगामी डिसेम्वर २० देखि २३ सम्म नेपाल महोत्सव हुन भएको छ । अमेरिकाको न्यूयोर्क शरहमा आयोजना हुने उक्त चारदिने महोत्सव देशविदेशमा रहेको सम्पूर्ण नेपाली र मातृभूमि नेपालको प्रतिष्ठासँग गाँसिएको हुदाँ सबै क्षेत्र वर्ग र समुदाय तथा संघसंस्थाको सहभागिताका लागि आयोजक संस्थाले अनुरोध गरेको छ ।

महोत्सवले नेपालको कला सँस्कृति घरेलु शिल्पकला, पर्यटन आदिलाई प्रवद्र्धन गर्ने उद्धेश्य लिइएको छ । महोत्सवमा नेपालको पर्यटन नेपाली खानाका परिकार तथा आतिथ्यता, प्राकृतिक तथा जैविक उत्पादन, जडिवुटी आदि कृषि उत्पाद घरेलु शिल्पकला तथा हस्तकला एवं काष्ठकला, नेपाली गरगहना, वाद्यवादन, नेपाली सँस्कृति, नेपाली फिल्म महोत्सव आदिको प्रस्तुतिका साथै व्यवसायिक सेमिनारहरु पनि आयोजना हुने र 'महिनाको एकडलर मातृभूमिका लागि' अभियान सम्वन्धी कार्यक्रम पनि प्रस्तुत गरिने बताइएको छ ।

यसैबीच नेपाली जनसम्पर्क समिति अमेरिकाले गत सेप्टेम्वर २-३ २००८ मा कनेटिकटमा सम्पन्न समितिको पहिलो महाधिवेशनको मर्म र भावनालाई आत्ससात गर्दै विविध कारणले समितिको यो विशाल संगठनमा आवद्ध हुन नसकेका साथीहरुलाई आवद्ध हुन अपील पनि गरेको छ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com