Welcome, Guest Log In Sign Up  

कालीमाटीमा नयाँ शालिक

gyanby gyan
Sun Nov 9, 2008 9:21 am NST

कालीमाटी चोकमा पहिले पूर्व राजा महेन्द‍्रको शालिक भएको ठाउँमा अब नयाँ शालिक स्थापना गरिएको छ । उक्त नयाँ शालिक नेपालभाषाका महाकवि चित्तधर हृदयको हो । चित्तधरको १०२ औं जन्म जयन्तीको उपलक्ष्यमा हिजो शनिवार प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले सो शालिक अनावरण गरेका छन् ।

शालिक अनावरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले भने - 'नेपाल संवत् नेवारहरुको मात्र संवत् भनेर बुझ्नु गतल हो । नेपाल संवत् त सम्पूर्ण नेपालीको संवत् हो ।' बरु यसको प्रचलन चाहिं नेवारहरुले गर्दै आइरहेको स्मरण गर्दै उनले थपे - 'यदि यसो हो भने २००६ सालमा स्थापना भएको कम्यूनिष्ट पार्टी पनि नेवारहरुको मात्र पार्टी हुनु पर्ने किनभने त्यसबेला कम्यूनिष्ट पार्टीको स्थपाना गर्दा नेवारहरु नै बढी थिए ।'

स्मरणीय रहोस, चित्तधर नेपालभाषाका विख्यात साहित्यकार हुन् । उनले नेपालभाषामा साहित्यका हरेक विधामा कलम चलाएका छन् । चार दर्जन भन्दा बढी कृति प‍्रकाशन गरेका चित्तधरलाइ तत्कालीन राजा महेन्द्रले कविकेशरीको उपाधि दिएका थिए ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com