Welcome, Guest Log In Sign Up  



नेपाल प्रहरीमा मुल्यांकन र बढुवा

महेश कार्की

नेपाल प्रहरी एउटा इतिहास बोकेको संगठन हो तर आजकल यो सबै भन्दा लथालिङ्गे संगठन बन्न पुगेको छ । हाल अधिकृत स्तरको पदोन्नतीमा संगठन प्रति उत्तरदायी कत्र्तव्य परायण व्यक्तीहरुको अतिरीक्त जि हजुरी गर्ने चापलुसी गर्न सक्ने व्यक्तीहरुको मात्र हालीमुहाली भैरहेको देखिन्छ । हिजो राज्य विषम परिस्थितीमा गुजि्ररहेको अवस्थामा संगठनले खटाएको पठाएको ठाउँमा आदेशको पालना गरी ज्यानको बाजी थाप्ने प्रहरीहरुको कुनै मुल्याङकन भएको देखिदैन । हिजो लुकेर डराएर बस्नेहरु हामी सिनियरहरुको प्रमोशन हुनुपर्छ भनेर मरीहत्ते गरीरहेका छन । कामको मुल्याङकन त छदैछैन । डि.एस.पी.बाट एस.पी हुन्छु भनेर मरीहत्तेगर्ने सुरज के.सी. हनुमान ढोकामा कार्यरत रहँदा पैसाको लेनदेनमा धेरै पटक प्रहरी संगठनको नाम बदनाम गराउने व्यक्ती हुन । पुर्णचन्द्र जोशी पनि अनुसन्धान शाखामा कार्यरत रहंदा कारवाहीमा परेका व्यक्ती हुन । महेश विक्रम शाह पनि नेपालगाज तालिम केन्द्रमा हुँदा राशन सम्बन्धी विषयमा भ्रष्टाचार अभियोग लागेको व्यक्ती हुन । त्यस्तै संजय सिंह बस्नेतले पनि गोरखा काभ्रे र बुटवलमा कार्यरत रहँदा अनेक भ्रष्टाचार गरेका छन । संजय सिंह बस्नेतले त आफुले कमाएको अकुत सम्पत्तीलाई शसुरालीको नाममा राखेको समेत सुन्नमा आएको छ । हेरौं नयाँ गणतान्त्रिक नेपालको नयाँ सरकारले कस्तो व्यक्तीहरुको बढुवा गर्ने हो ।


Post a reply

More Stories Like this
वैदेशिक रोजगारमा स्वास्थ्य परिक्षणमा कमिसन तन्त्र
मितव्ययीता विदेश भ्रमण सभासद र औषधोपचारको कुरा
नयाँ सरकार र कुटनैतिक पहल
नयाँ सरकार, जनता र राहत
उपत्यकामा ट्राफिक समस्या र व्यवस्थापनमा चासो

Recent News
संसदमा लैजाने साझा संकल्प प्रस्ताव तयार गर्न सहमत
हवाई एम्बुलेन्स संचालनका लागि सहयोग जुटाउन बानेश्वरमा श्रीमद्भागवत् सप्ताह सुरु
गाउँले कुटपिट गरी एक सुराकीलाई मारेपछि प्रहरीको गोली लागी दुईको मृत्यु
जनतान्त्रिक मधेस मुक्ति टाइगर्सले सुरु गर्‍यो हत्याको सिलसिला
गृहमन्त्रीले उपल्लो मुस्ताङमा पुगि सुरक्षास्थितिबारे जानकारी लिए

Recent Features
आज मार्च ८ तारीख अर्थात अन्तराष्ट्रिय श्रमीक महिला दिवस
मारियो फेरि अर्को चितुवा
चौंरी गाईको आलो रगत पिउने मेला सुरु
आज श्रीपंचमी पर्व- राष्ट्रपतिवाट बसन्तश्रवण
कास्कीको सराङ्गकोटमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु ४२ जना घाइते


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2010 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com