Welcome, Guest Log In Sign Up  

थरुहट मुक्ति सेना गठन

rajendraby rajendra
Tue Nov 4, 2008 9:46 am NST

थरुहट स्वायत्त राज्य परिषदले कैलालीमा पहिलो पटक थरुहट सेना गठन र सार्वजनिक गरेको छ । नेकपा माओवादीबाट बिद्रोह गरेका लक्ष्मण थारु रोशन अध्यक्ष रहेको थरुहट स्वायत्त राज्य परिषदले यही २०६५ कार्तिक ९ गते धनगढीको ओम प्यालेसमा 'राष्ट्रिय मुक्ति आन्दोलनमा लामबद्ध बनौं संयुक्त आदिबासी बिद्रोह सफल पारौं , संघीय नेपालमा थरुहट स्वायत्त राज्य कायम गरौं' भन्ने मूलनाराका साथ एउटा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा करिब छ सात सय मानिसहरुको सहभागिता रहेको थियो । थरुहट मुक्ति सेनाले मार्चपास गर्दै अध्यक्ष थारुलाई सलामी गरेको थियो ।

कार्यक्रममा थारुले थरुहटका जल जमिन र जंगलमा थारुहरुको अधिकार रहेकोले यदि कसैले अब थारुहरुलाई यसबाट अलग गर्ने प्रयास गर्छ वा भूमिपुत्रमाथि अन्याय अत्याचार गर्छ भने थरुहट मुक्ति सेनाले जे पनि गर्न सक्ने कुरा जानकारी गराएका थिए । उनले थारुहरुको अब कुनै पनि दलमा बिश्वास नरहेको र थरुहटका हरेक निकायका प्रमुख थारु हुनुपर्ने र अन्य पदहरु समानुपातिक समावेशीको आधारमा थरुहट स्वायत्त राज्य परिषदले बाँडफाँड गर्ने कुरा पनि जानकारी गराएका थिए । कार्यक्रममा थारुले अब पनि बाहुनवादले यो वा त्यो नाममा आदिवासी थारु र आदिवासी जनजातिहरुलाई अल्मल्याउने काम गरेमा थरुहट सेना सशस्त्र बिद्रोह गर्ने र ६ महिनामा एक लाख थारु सेना निर्माण गर्ने चेतावनी पनि दिएका थिए ।

उनले थरुहट स्वायत्त राज्य परिषदभित्रका प्राकृतिक श्रोत सम्पदामा थारुहरुको अधिकार लाग्ने हुनाले नदी-नाला ताल तलैयाको हिसाब किताब थरुहटले राख्न अनिवार्य भैसकेको कुरा दोहोर् याएका थिए । कार्यक्रममा मधेशी जनअधिकार फोरमबाट बिद्रोह गरेका थारु किशोर बिश्वासले अब थारुहरुको अन्य दलप्रति कतै बिश्वास नभएकोले बर्तमान सरकारले ३ महिनामा थारुहरुको हकअधिकारको संबैधानिक ब्यबस्था नगरे बिद्रोहमा उत्रने चेतावनी दिएका थिए । त्यसैगरी संघीय लोकतान्त्रिक राष्ट्रिय माचका केन्द्रीय अध्यक्ष कमल छाराहाङले आदिवासी जनजातिहरु तेल निकालेको पिना भैसकेकोले पेलाई पिसाईको कुनै डर नरहेको अर्थात सबै चिज हारिसकेकोले अब हार्नुपर्ने कुनै चिज बाँकी नरहेकोले जित्नुको कुनै बिकल्प नरहेको कुरा औंल्याउनु भएको थियो ।

थरुहट मुक्ति सेनाको गठनले तराईका जनतामा दोहोरो आशंका उत्पन्न गरेको छ । केहिले अब पश्चिम तराई पनि पूर्बी तराईको रुपमा देख्न थालेका छन् भने केहिले शक्ति सन्तुलनको लागि आवश्यकताको रुपमा पनि देख्न थालेका छन् ।

थरुहट स्वायत्त परिषदका जिल्ला अध्यक्ष राम प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा स्वागत र संचालन क्रमशः गंगा चौधरी र खडक चौधरीले गर्नु भएको थियो ।

(दिल चौधरीबाट प्रेषित समाचारमा आधारित)


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com