Welcome, Guest Log In Sign Up  

बालकृष्ण जयन्ती मनाइँदै

rajuby raju
Thu Feb 7, 2008 2:31 pm NST

नेपाली साहित्यका मूर्धन्य व्यक्तित्व बालकृष्ण समको १०६औं जन्मजयन्ती आज देशभर बिभिन्न कार्यक्रमका साथ मनाइँदै छ ।

त्रिमूर्ति निकेतनले बालकृष्ण सम लेखनाथ पौड्याल र महाकवि लक्ष्मीप्रसाद देवकोटाको सालिकमा माल्यार्पण गरी आज यो दिवस मनायो । कवि तथा साहित्यकारहरुले श्रष्टाहरु सम पौड्याल र देवकोटाको सालिकमा माल्यार्पण गरेका थिए ।

नेपाली साहित्यका सबै बिधामा सशक्त कलम चलाएका समबाट लगनशील र निरन्तर साधनाको प्ररेणा नयाँ पीढींले लिनुपर्ने साहित्यकारहरुको भनाइ छ । समको पहिलो प्रकाशित कृति मुटुको ब्यथा हो । प्रेमपिण्डऽ मुकुन्द इन्दिराऽ ऊ मरेकी छैन प्रल्हाद मोतीराम जस्ता कृती समका उत्कृष्ट कृती मानिन्छन् । समको जन्म १९५९ साल आजैका दिन भएको थियो ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com