नेपाल संवत् अब राष्ट्रिय संवत् | by subhash Sat Oct 25, 2008 9:12 am NST |
नेपाल संवत् अब राष्ट्रिय संवत् बनेको छ । शुक्रवार बसेको मन्त्रीपरिषद्को बैठकले नेपाल संवत्लाई राष्ट्रिय संवतको रुपमा मान्यता दिने निर्णय गरेको छ । लामो समयदेखि यस संवतलाई राष्ट्रिय संवतको रुपमा स्थापित गर्नको लागि भइरहेको आन्दोलन अब पूरा भएको छ भने यस निर्णयसँगै नेपाल संवत् प्रयोगको नयाँ चुनौतिहरु थपिएका छन् ।
लिच्छवी शासनकालपछि ठकुरी शासनकाल सुरु भएपछि पाटनका तत्कालीन राजा राघवदेवका पालामा (तत्समय हालको काठमाडौं क्षेत्रसमेत पाटन राज्यमा समाविष्ट थियो) नेपाल संवतको नाममा एक नयाँ संवत्को प्रादुर्भाव भएको थियो । राघवदेवको पालामा एक साधारण जनताबाट स्थापित भएर पनि होला सुरुका वंशावली र अभिलेखहरुमा यस संवतका प्रणेतालाई त्यति महत्व दिइएन । शताब्दीयौंदेखि जनश्रुतिबाट अमर रहेका ती नायक शंखधर साख्वाः नेपाल संवत् ८२७ को अभिलेखमा शंख्वा नामले देखापरे । भूपतिन्द्र मल्लको शासनकालको नेपाल संवत् ८२७ को भक्तपुरको जेंला टोलस्थित एक शिलालेखमा नेपाल भाखा शंख्वा संवत् उत्कीर्ण भएको छ । यिनै शंखधरलाई शंख, शंख्वा, साख्वाः, साख्वाल (सा - गाई, ख्वाः - अनुहार), साखवाल, साख्वाल आदि नामले चिनाउने प्रयास भएका छन् । यिनी शंखधरलाई केही वर्ष अगाडी नेपालको राष्ट्रिय विभूतिको रुपमा घोषणा गरिएको थियो । अहिले राष्ट्रिय संवतको रुपमा स्थापित भएपछि नेपाल संवतका पक्षधरहरुमा नयाँ हर्ष छाएको छ ।
नेपालको मौलिक संवत् नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा स्थापित गर्ने आन्दोलनको अगुवाई नेवारहरुले गरेका कारण यो नेवारहरुको मात्र संवत् हो भन्ने भ्रम अहिलेसम्म पनि नभएको होइन । वास्तवमा संवत् कुनै जाति भाषा र वर्गसँग मात्र जोडिने विषयवस्तु होइन । नेपाल संवतको उत्पत्ति क्षेत्र नेपालमण्डल (काठमाडौं खाल्डो) भए पनि यसको प्रयोग यहीं मात्र सीमित भएको भने देखिदैन । नेपाल अधिराज्यको पूर्वी उदयपुर जिल्लादेखि पश्चिमका मगरात, गुल्मी, प्यूठान, लमजुंग आदि ठाउका हस्तलिखित ग्रन्थादिमा नेपाल संवत् व्यापक प्रयोग भएको पाइन्छ । यति मात्र नभइ अन्तरराष्ट्रिय जगतमा समेत नेपाल संवत् प्रयोग भएको पाइन्छ । नेपालमा विक्रम संवत् सन् १९०३ मा श्री ३ चन्द्र शमशेरको शासनकालमा मात्र सरकारी प्रयोजनमा भित्रिएको संवत् हो । प्रयोगको गन्तीले यो संवतको प्रचलन एक सय वर्ष मात्र भएको छ । फेरि यो संवत् इस्वी संवत् जस्तो अन्तर्राष्ट्रिय प्रचलनमा रहेको संवत् पनि होइन र नेपालको मौलिक संवत् पनि होइन । सरकारले ढिलै भएपनि आफ्नो मौलिकता पहिचान गरी नेपाल संवतलाई राष्ट्रिय मान्यता दिने एतिहासिक निर्णय गरेको छ । Comments
श्री सम्पादकज्यू,
समाचारमा उल्लेखित "पाटनका तत्कालीन राजा राघवदेवका पालामा (तत्समय हालको काठमाडौं क्षेत्रसमेत पाटन राज्यमा समाविष्ट थियो)" यस पाठकको गम्भीर ध्यान आकर्षित भएको छ । लिच्छवी शासनको अन्त्य पछि पनि नेपाल नामक देश अविभाजित रहेको, मल्ल राजा यक्ष मल्लको देहवसान पछि मात्र काठमांडौं, पाटन र भक्तपुर राज्यको अस्तित्वमा आएको होइन र ? राजप्रासाद वा राजधानी जुनसुकै ठाउँमा हुन सक्छ । यसैलाई लिएर राघवदेवलाई पाटनको राजा भन्नु गलत हो । इतिहासको भ्रष्टीकरण गर्ने काम कतैबाट नहोस्
|
 | by prosi Wed Nov 4, 2009 2:12 am NST | and this article is wrong because it's still not official date system on Nepal. Do your research first from next time. (upto the date this comment was written)
|
Post a reply
Related Stories नेपाल संवत नयाँ वर्ष मनाउनमा उत्साह
Recent Features टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन
|
|
News Feed
Archives 2011
Archives 2010
- January, 2010
- February, 2010
- March, 2010
- April, 2010
- May, 2010
- June, 2010
- July, 2010
- August, 2010
- September, 2010
- October, 2010
- November, 2010
- December, 2010
Archives 2009
- January, 2009
- February, 2009
- March, 2009
- April, 2009
- May, 2009
- June, 2009
- July, 2009
- August, 2009
- September, 2009
- October, 2009
- November, 2009
- December, 2009
Archives 2008
- January, 2008
- February, 2008
- March, 2008
- April, 2008
- May, 2008
- June, 2008
- July, 2008
- August, 2008
- September, 2008
- October, 2008
- November, 2008
- December, 2008
Community
Useful Links
|
|