Welcome, Guest Log In Sign Up  

बोस्टनमा महाकवि देवकोटाको शतवार्षिकी

rajendraby rajendra
Sun Oct 19, 2008 7:55 pm NST

सं. रा. अमेरिका बोस्टनवासी नेपालीहरुले बोस्टनमा शनिवार एक कार्यक्रमबीच महाकवि लक्ष्मीप्रसाद देवकोटाका शतवार्षिकी मनाएका छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोस्टन च्याप्टरको आयोजनामा भएको उक्त कार्यक्रममा वोस्टन वरपर रहेका साहित्यप्रेमी नेपालीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा हार्डभार्ड विश्वविद्यालयका प्राध्यापक डा. शिव गौतम च्याप्टरका महासचिव शिव प्रकाश र कोषाध्यक्ष डा. उषा शर्माले महाकवि देवकोटाको व्यक्तित्व तथा कृतित्वका बारेमा प्रकाश पारेका थिए ।

च्याप्टरका अध्यक्ष तथा अनेसासका केन्द्रीय उपाध्यक्ष भारती गौतमको सभापतित्वमा भएको सो कार्यक्रममा रमेश शर्मा, अच्युत अधिकारी, पेमानिमा शेर्पा, गोकुल ढकाल महेश्वर पन्त, सुश्री सृष्टि सुमन पन्त सावित्री नेपाल लगायतले आफ्ना रचना वाचन गरेका थिए भने ध्रुव घिमिरेले स्वर्गीय देवकोटाको यात्री कविता वाचन गरेका थिए । त्यसैगरि कार्यक्रममा सूर्यप्रसाद नेपाल अच्यतमणी पौडल र मुकुन्द अधिकारीले स्वर्गीय देवकोटा सम्बन्धी आफ्ना अनुभवहरु बताएका थिए ।

विगत केही वर्षदेखि बोस्टन क्षेत्रमा नेपाली साहित्यिक कार्यक्रको आयोजना गर्दै आएको अनेसास बोस्टन च्याप्टरले हाल नियमित रुपमा द्वैमासिक साहित्यिक कार्यक्रम पनि आयोजना गर्न थालेको छ ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com