Welcome, Guest Log In Sign Up  

नयाँ कुमारी

safalataby safalata
Thu Oct 9, 2008 10:40 am NST

कीर्तिपुण्य महाविहारकी तीन बर्षिया मतिना शाक्यलाई नयाँ कुमारीका रुपमा चयन गरिएको छ । कुमारी चयन हुनुअघि राष्ट्र-प्रमुखसमक्ष परिचय गराउने परम्परा अनुरूप मतिनालाई आइतबार राष्ट्रपति डा. रामवरण यादवसँग गुठी संस्थानका निमित्त प्रशासक हेमराज सुवेदीले परिचय गराएका थिए ।

असोज शुक्ल अष्टमीका दिन कुमारी घर भित्र्याइएकी नवकुमारी शाक्यलाई नवमीका दिन राति विधिवत रुपमा हनुमानढोका दरबार परिसरस्थित मूल चोकमा लगि पूजा गरियो । मूल पूजाभन्दा पहिले काठमाडौंका नौ कुमारीलाई पूजा गरिएको थियो । कुमारीका रुपमा छानिएकी मतिना शाक्यलाई नौ कुमारी पूजापछि कुमारी घरबाट हनुमानढोका लगिएको थियो । कुमारीलाई हनुमानढोकास्थित तलेजु भवानीको मन्दिरको ढोकाबाट भित्र लगि मूल चोकमा अवस्थित कुमारीको गर्भगृहमा तान्त्रिक विधिले पूजा गरिएको थियो ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com