Welcome, Guest Log In Sign Up  

नेपाली कांग्रेसको चुनाव प्रचार टोलीलाई माओवादीको आक्रमण

rajuby raju
Wed Feb 6, 2008 2:55 pm NST

संविधानसभाको चुनाव प्रचारप्रसार गर्न हिँडेका नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बढुसहितको टोलीलाई नेकपा माओवादीका कार्यकर्ताले दार्चुलामा आक्रमण गरी घाइते बनाएका छन् । दार्चुलाको लटिनाथ गाविसस्थित रिल गाउँमा चुनावीसभाका लागि पुगेका कांग्रेसका नेता तथा कार्यकर्तालाई माओवादीले ढुंगामुढा प्रहार गरेका थिए ।

माओवादीको ढुंगामुढामा परेर नेता बढुसहित ६ जना कांग्रेस कार्यकर्ता र सात जना प्रहरी घाइते भएका छन् । प्रहरी र माओवादीबीच भएको झडपपछि पाँच जना प्रहरी सम्पर्कविहीन भएका छन् । प्रहरीका १ थान राइफल १ थान पेस्तोल र १ थान साचारसेटसमेत माओवादी कार्यकर्ताले लुटेर लगेको घटनामा घाईते भएका हेमन्त विष्टले बताउन भयो ।

झडपमा घाइते भएकालाई उपचारका लागि आज हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ । घाईते मध्ये ६ जनाको महाराजगाज शिक्षण अस्पतालमा र बाँकी सात जना प्रहरीको वीर अस्पतालमा उपचार भइरहेको छ । झडपमा घाईते हुनुभएका नेपाली काँग्रेसका केन्द्रय सदस्य दिलेन्द्र बढुले आज हुने चुनावी सभाको तयारीका लागि रिल गाउँ पुग्दा स्थानीय एक घरमा खाना खाइरहेका बेला माओवादी कार्यकर्ताले आक्रमण गरेको बताउनुभयो । घटनामा दीलेन्द्र बढु, हेमन्त विष्ट, शेरिसंह धामी, नरेन्द्र धामी र हरकिसंह धामी र सात जना प्रहरी घाइते भएका छन् । झडपमा प्रहरीले चलाएको गोली लागेर दुई जना माओवादी कार्यकर्ता पनि घाइते भएका छन् ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com