Welcome, Guest Log In Sign Up  

असोज १२ गते नेपाल बन्दको आव्हान

dineshby dinesh
Fri Sep 5, 2008 12:16 pm NST

संघीयताको विरोध गर्दै विभिन्न मागहरुका साथ राष्ट्रिय जनमोर्चाले असोज १२ गते आम हडताल र नेपाल बन्दको आव्हान गरेको छ । जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीद्वारा हस्ताक्षरित प्रेस वक्तव्य अनुसार श्रावण २० देखि चरणवद्ध रुपमा आन्दोलनका कार्यक्रमहरु घोषणा गरिएका छन् । जस अन्तर्गत श्रावण २० गते देखि आन्दोलनको कार्यक्रम सुरु भएर अहिलेसम्म इलाकास्तरीय मसाल जुलुस देशव्यापी मसाल जुलुस जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भइसकेको बताइएको छ । त्यस्तै भाद्र २५ गते जिल्लामा प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने त्यस्तै आश्वीन ६ गतेसम्म आफ्नो अनुकुल अनुसार कुनै एक दिन दुईघण्टा चक्काजाम आस्वीन १० गते जिल्ला र केन्द्रद्वारा पत्रकार सम्मेलन र असोज १२ गते देशव्यापी आम हडताल र नेपाल बन्दका कार्यक्रमहरु राखिएका छन् । उक्त कार्यक्रम सफल गर्न सम्पूर्ण जनता संघसंस्था वा राजनैतिक शक्तिहरुसित पनि अपिल गरिएको छ ।

वक्तव्यको पूर्ण विवरण

देशमा संविधानसभाको चुनाव सम्पन्न भएर गणतन्त्रको समेत स्थापना भइसक्यो । तर देश संकटबाट पूरै मुक्त हुन सकेको छैन । गणतन्त्रका विरुद्ध अहिले पनि कैयौं राजनैतिक शक्तिहरु सक्रिय छन् । देशको राष्ट्रियताको अगाडिको खतरा झन् पछि झन् गम्भीर बन्दै गइरहेको छ । संविधानसभामा राष्ट्रिय जनमोर्चालाई छाडेर अन्य सवै दलहरुले संघीयतालाई समर्थन गरेका छन् र संविधानसभाले पनि त्यसका पक्षमा निर्णय गरिसकेको छ । संघीयताका साथै आत्मनिर्णयको अधिकारका पक्षमा पनि आवाज उठिरहेको छ । त्यसबाट देशमा जातीय र क्षेत्रीय विग्रह र राष्ट्रिय विखण्डनको समेत गम्भीर खतरा उत्पन्न भएको छ । एक मधेश एक प्रदेशको आन्दोलनले पनि देशको अखण्डतामा आूच पुग्ने गम्भीर प्रकारको खतरा छ । गत फागुनमा सम्पन्न आठबँदे सम्झौतामा मधेश स्वायत्त प्रदेश तथा प्रदेशहरुलाई पूर्ण स्वायत्तताका मागहरु स्वीकार गरिएका छन् । त्यो सम्झौताले सम्पूर्ण तराईका मात्र होइन संघीय राज्य अन्तर्गतका सबै राज्यहरुलाई पूर्ण स्वायत्तता प्राप्त गर्न मार्ग प्रसस्त गर्दछ । समग्र रुपमा भन्दा संघीय व्यवस्थाले सम्पूर्ण देशमा जातीय र क्षेत्रहरुका बीचमा विग्रह राष्ट्रिय विखण्डन वा देशलाई टुक्रा टुक्रा पार्ने काम गर्ने गम्भीर खतरा छ ।

आज देशमा महंगी बढेर गएको छ । अपराधहरु अनियन्त्रित रुपले बढेका छन् र देशव्यापीरुपमा दण्डहिनताको स्थिति छ । ग्याँस पेट्रोलियमको मूल्यमा भारी वृद्धि भएको छ र बजारमा तिनीहरुको अत्यन्त ठूलो अभाव छ । देशको अर्थतन्त्र जर्जर बन्दै गएको छ । शोषित पीडित र मेहनतकश जनताका न्यायपूर्ण मागहरु प्रति उपेक्षाको नीति अपनाउने गरिएको छ ।

कोशी नदीको बाढीबाट ठूलो धनजनको क्षति भएको छ । त्यसप्रकारको क्षति खालि प्राकृतिक कारणले मात्र भएको नभएर भारतीय नीति र भारतसितको असमान नदी सम्झौता तथा नेपालका विभिन्न सरकारहरुका भारतपरस्त नीतिहरुका कारणले नै हुन गएको छ । देशका सिमा उद्योग व्यापार तथा सम्पूर्ण अर्थतन्त्र र राजनीतिमा समेत भारतीय विस्तारवादी अतिक्रमण र हस्तक्षेप बढ्दै गइरहेको छ । ती सवैका विरुद्ध अहिलेसम्म नेपालका कुनै पनि सरकारले प्रभावशाली कदम उठाउन सकेका छैनन् ।

उपरोक्त सवै समस्याहरु बारे देशव्यापी रुपमा आवाज उठाउन र सरकार माथि जनदवाव सृजना गर्नका लागि राष्ट्रिय जनमोर्चाले गणतन्त्रको सुदृढिकरण राष्ट्रियताको रक्षा वा संघीयताको विरुद्ध देशव्यापी रुपमा आन्दोलन संचालन गर्ने निर्णय गरेको छ । त्यससिलसिलामा श्रावण २० गते देखि हाम्रो आन्दोलनको कार्यक्रम सुरु भएर अहिलेसम्म इलाकास्तरीय मसाल जुलुस देशव्यापी मसाल जुलुस जिल्लास्तरीय अन्तरकि्रया कार्यक्रम सम्पन्न भइसकेका छन् । भाद्र २५ गते जिल्लामा प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र त्यसपछि आश्वीन ६ गतेसम्म आफ्नो अनुकुल अनुसार कुनै एक दिन दुईघण्टा चक्काजाम आस्वीन १० गते जिल्ला र केन्द्रद्वारा पत्रकार सम्मेलन र असोज १२ गते देशव्यापी आम हडताल र नेपाल बन्दका कार्यक्रमहरु राखिएका छन् ।

उक्त कार्यक्रमहरुलाई सफल पार्न समर्थन र सहयोग गर्न हामीले सम्पूर्ण जनता संघसंस्था वा राजनैतिक शक्तिहरुसित पनि अपिल गर्दछौं ।

२०६५ भदौ १९ गते
चित्रबहादुर केसी
अध्यक्ष

सम्पर्क
राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालय
साझा गल्ली, नयाँ बानेश्वर
काठमाडौं, फोन - ०१ ४७८५४०४


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com