Welcome, Guest Log In Sign Up  

एमालॆ बैठक जारी

rajuby raju
Wed Feb 6, 2008 2:54 pm NST

नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आज पनि जारी छ । हिजोको बैठकले संविधानसभा चुनावपछि मात्र पार्टीको आठौं महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

बैठकमा महासचिव माधवकुमार नेपालले छलफलका लागि सात बुँदे कार्यसूची पेश गर्नुभएको छ । कार्यसूचीमा आठौं महाधिवेशन चुनावी घोषणापत्र चुनाव परिचालनको योजना र उम्मेद्वार छनौटसम्बन्धी प्रस्ताव रहेका छन् । आजको बैठकमा महासचिव माधवकुमार नेपालले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।

हिजोको बैठकमा चुनावी घोषणापत्र मस्यौदा समितिका संयोजक झलनाथ खनालले घोषणापत्रको मस्यौदा प्रस्तुत् गर्नुभएको थियो । बैठकले संविधानसभा चुनावका लागि घोषणा पत्र तयार गर्ने र चुनावका लागि उम्मेदवारको छनोट प्रकि्रयाका बिषयमा समेत टुङ्गो लगाउने छ । त्यसैगरी हिजोको बैठकमा प्रचार विभाग प्रमुख रघु पन्तले प्रचार विभागको योजना महिला विभाग प्रमुख अष्टलक्ष्मी शाक्यले महिला विभागले तयार पारेको आचार संहिता लेखा परीक्षण कमिटीका सभापति पुष्प कँडेलले लेखा परीक्षणसम्बन्धी जानकारी र सल्लाहकार कमिटीका सभापति नरबहादुर खाँडले सल्लाहकार कमिटीको प्रतिवेदन पेस गर्नुभएको थियो ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com