Welcome, Guest Log In Sign Up  



नयाँ सरकार र कुटनैतिक पहल

तीर्थ गुरुङ

सुनसरी जिल्लाको सप्तकोशी बाँधमा सम्बन्धित पक्षले समयमा ध्यान नपुर् याउँदाको परिणाम हामीले भोगी सकेका छौं । यो समस्याले देशलाई कहिले सम्म अल्झाई रहने हो । त्यो कुरा त राहत व्यवस्थापन कसरी हुन्छ भन्ने कुरामा भर पर्छ ।

हामीले केही वर्ष देखि सुनिरहेका छौ कि नेपाल भारत सीमामा भारतले आफ्नो भूमिमा तटवन्धहरु बनाएको छ । भारतले आफ्नो भूमिमा आफ्नो नागरिक र देशको सुरक्षाको लागी हरसम्भव प्रयास गर्नु नराम्रो कुरा अवश्य होईन । तर त्यस प्रकारको बाँध निर्माणले नेपालको सिमावर्ती खेती योग्य भूमि डुवानमा परिरहेको छ । वर्षा याममा गाउँ समेत जलमग्न हुने गरेको छ । तर यस प्रकारको निर्माण कार्यको विरोध कुटनैतिक स्तरमा कडा रुपमा नेपाली पक्षबाट हुने गरेको पाईएको छैन । हुन त हाम्रा राजनेता भनाउँदाहरुले आफ्नो सत्ता जोगाई राख्न पनि भारतसँग कतिपय नेपाल विरोधी कुराहरुमा आवज उठाउन चाहदैनन् । शायद सीमा क्षेत्रमा निरन्तर बनिरहेको बाँधको बारेमा कुरा उठाएमा सत्तामा टिक्न गाह्रो होला । अहिले पनि कपिलबस्तु जिल्लाको सिमावर्ती क्षेत्रमा बाँधहरु निर्माण भइैरहेको छ । संचार माध्यमहरुले यस सम्बन्धमा निरन्तर समाचार सम्प्रेषण गरीरहेका छन । हाम्रा नेताहरु जो सरकारमा छन् वा बाहिर छन् खै कुन्नि किन हो मौन छन् । यस सम्बन्धमा कसरी भारतसँग प्रस्तुत हुने भन्ने सम्मको छलफल गर्न सकिरहेका छैनन । यदि नेपाल सरकारले समयमा नै तराईको सिमावार्ती भूभागलाई जलमग्न हुने किसिमले भारतले आफ्नो भूमिमा निर्माण गरेको बाँधलाई भत्काउन वा निर्माण रोक्न कुटनैतिक प्रयास समयमा नै गरिएन भने पूर्वदेखि पश्चिमसम्म तराईको सबै भूभाग वर्षायाममा डुवानमा नपर्ला भन्न सकिन्न । जे कुरा पनि समयमा निराकरण भयो भने त्यो उपलब्धी मुलक हुनेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका बारेमा भारतले गरेको टिका टिप्पणीका बारेमा हाम्रा राजनैतिक नेताहरुलाई कस्तो लाग्यो कुन्नी तर मलाई भने भारतको यो हेपाहा व्यवहार नै लाग्यो । किनभने हाम्रा देशको नेतृत्व सम्हाल्ने व्यक्तिहरु विदेश भ्रमणमा जहाँसुकै जाउन टाउको दुखाउनु पर्ने आवश्यकता थिएन । तर यहाँ त भारतको ठाडो हस्तक्षेप गरेर पहिला भारतको भ्रमण हुनुपर्ने भनेर भनिरहेको अवस्थामा किन कोही नेताहरु आन्तरिक मामलामा दखल नदेउ यो हाम्रो आत्मनिर्णयको अधिकार हो भन्न सकिरहेका छैनन । किनभने भारतले नेपाललाई जहिले पनि आफ्नो औला समातेर हिडाउन चाहन्छ । नेपाललाई आफ्नो पोल्टामा रहेको देश ठानीरहेको छ ।


Post a reply

More Stories Like this
वैदेशिक रोजगारमा स्वास्थ्य परिक्षणमा कमिसन तन्त्र
नेपाल प्रहरीमा मुल्यांकन र बढुवा
मितव्ययीता विदेश भ्रमण सभासद र औषधोपचारको कुरा
नयाँ सरकार, जनता र राहत
उपत्यकामा ट्राफिक समस्या र व्यवस्थापनमा चासो

Recent News
संसदमा लैजाने साझा संकल्प प्रस्ताव तयार गर्न सहमत
हवाई एम्बुलेन्स संचालनका लागि सहयोग जुटाउन बानेश्वरमा श्रीमद्भागवत् सप्ताह सुरु
गाउँले कुटपिट गरी एक सुराकीलाई मारेपछि प्रहरीको गोली लागी दुईको मृत्यु
जनतान्त्रिक मधेस मुक्ति टाइगर्सले सुरु गर्‍यो हत्याको सिलसिला
गृहमन्त्रीले उपल्लो मुस्ताङमा पुगि सुरक्षास्थितिबारे जानकारी लिए

Recent Features
आज मार्च ८ तारीख अर्थात अन्तराष्ट्रिय श्रमीक महिला दिवस
मारियो फेरि अर्को चितुवा
चौंरी गाईको आलो रगत पिउने मेला सुरु
आज श्रीपंचमी पर्व- राष्ट्रपतिवाट बसन्तश्रवण
कास्कीको सराङ्गकोटमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु ४२ जना घाइते


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2010 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com