Welcome, Guest Log In Sign Up  



नयाँ सरकार, जनता र राहत

तीर्थ गुरुङ

सुनसरी जिल्लाको केही गाविसका बासिन्दाहरु भारतद्वारा नेपाली भुमीमा निर्मित कोशी बाँधको तटवन्ध भत्किदा डुवानमा परेको छ । डुवानमा परे पछि लगभग ३० हजार भन्दा बढी जनता विस्थापीत भएको कुरा संचार माध्यमहरुमा आएको छ । हामी सबैलाई थाहा छ सप्तकोशी नदीमा पानीको सतह बढेर पानीको बहावले सुनसरीको पश्चिम कुशवाहा स्थित तटबन्ध भत्कन लागेको कुरा संचार माध्यमहरुमा आईरहेको थियो । अन्तमा त्यो बाँध भत्कियो र बाँध वरपर रहेका जनताहरु डुबानमा परे । याहाँ मैले प्रश्न उठाउन खोजेको के हो भने तटबन्धको बाँध भत्कीने सम्भावना हुँदा हुँदै स्थानिय प्रशासनले साथै नेपाल सरकारले किन बाँधको ढोकाहरु खोलाउन चासो दिएन । सथानिय जनताहरुले बाँधको स्पर कटान शुरु हुन साथ स्थानिय निकायहरुमा जानकारी गराईसकेका थिए । समयमा नै पहल भएको भए आज त्याहाँका जनताले यो समस्या भोग्नु पर्ने अवस्था आउने थिएन । सप्तकोशी नदिको बाँध नेपाली भूमीमा बनेको भए पनि भारत सरकारको नियन्त्रणमा रहेको छ । समयमानै बाँधको ढोकाहरु खोलिएको भए त्यहाँका जनताहरुले आज यो पिडा भोग्नु पर्ने थिएन । अ´ अचम्भ लाग्दो कुरा त के छ भने सुनसरीका बाढी पिडितहरुका लागी सुनसरीका सभासदहरुले समेत आज सम्म केही बोल्ने जमर्को समेत गरेका छैनन । समयमा बाँधको ढोका खोलाउन यी सभासदहरुले किन पहल गराउन सकेनन । सो रहस्यमय कुरा छ ।

अर्को एउटा कुरा मलाई के लागेको थियो भने नेपाल सरकारको नयाँ नेपालको नयाँ सरकारले यस विषयमा केही पहल गर्ला तर अहँ नयाँ बन्ने सरकारले पनि केही गर्ला जस्तो लागेको छैन । किनभने विकट पहाडी र हिमाली भेगमा रहेका नेपालीहरु भोकमरीले पीडित भएका छन । नयाँ सरकार बने पछि पहिलो सम्बोधन यसै विषयमा हुन्छ कि भन्ने मैले सोचेको थिएँ तर त्यो मेरो सोचाई गलत हुन पुगेको छ । सरकारले पुर्णता नपाउँदै नयाँ प्रधानमन्त्री पुष्पकमल दहाल चिन भ्रमणमा जाने कार्यक्रम बनाउन यति हतार गर्न सक्नेहरुले किन भोकभोकै बाच्न बाध्य भएका जनताहरुका लागी राहतको पोको दिन किन ढीलाई गरेका होलान । हुन त प्रधानमन्त्री पुष्पकमल दहालले शपथ लिने क्रममा जनताको नाममा भनेर शपथ लिएका थिए । त्यस बखत मलाई पनि त्यो शव्द राम्रो लागेको थियो । तर व्यवहारमा खैत जनताका लागी राहत । भोकमरी जनताको राहतको लागी तुरुन्त निर्देशन हुनुपर्ने थियो तर यो मेरो मिथ्या कल्पना मात्र हुन पुग्यो । अहिले जनताले खोजेको राहत भनेको भोकमरी भएकाहरुका लागी खाद्यन्नको राहत पेट्रोलियम पदार्थको सहज आपुर्ति शान्ती सुरक्षाको प्रत्याभुती र नियम कानुनको दृढता पुर्वक कार्यन्वयन चाहीएको छ ।


Post a reply

More Stories Like this
वैदेशिक रोजगारमा स्वास्थ्य परिक्षणमा कमिसन तन्त्र
नेपाल प्रहरीमा मुल्यांकन र बढुवा
मितव्ययीता विदेश भ्रमण सभासद र औषधोपचारको कुरा
नयाँ सरकार र कुटनैतिक पहल
उपत्यकामा ट्राफिक समस्या र व्यवस्थापनमा चासो

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com