Welcome, Guest Log In Sign Up  



उपत्यकामा ट्राफिक समस्या र व्यवस्थापनमा चासो

तीर्थ गुरुङ

काठमाडौंको सडकमा पहिला पहिला हिंड्दा कहिले काही सडक चोकहरुमा ट्राफीक सप्ताहको रुपमा कार्यक्रम चलाएको देख्न पाएको थिएँ । अब त काठमाडौंको सडकमा पनि ट्राफिक नियमको राम्रैसँग पालना होला भनेर त्यसबेला सोचेको थिएँ तर त्यो मेरो सोचाई निरर्थक रहेछ । आजकल काठमाडौंको सडकमा यात्रा गर्दा यो संसारको कुन देशमा पुगेको छु जस्तो लाग्छ । सरकार विनाको देश लङ्गडो भए जस्तै नियम बिनाको बाटो लथालिङ्ग भएको छ । सवारी चालकहरुले अब त ट्राफिक लाई टेर्ननै छाडीसके यो दृष्य हो जमल चोकको । देशको व्यस्त चोकहरु मध्ये व्यस्त चोक जमल पनि हो । पहिला पहिला बस टेम्पु ज्योती भवन भन्दा तल रोकिएको थाहा थिएन । तर आजकल राष्ट्रिय नाचघर अगाडी रहेको आकाशेपुल तल देखिनै माईक्रोबसहरु लामबद्ध भएर बसेको देखिन्छ भने त्यो माईक्रोहरुलाई हटाउन तीन तीन जना ट्राफिक प्रहरीले सिठी फुकेको देखिन्छ । तर अहँ ती माईक्रो ड्राईभरहरुले रत्तिभर टेरपुच्छर लगाउँदैनन । अझ कहिले काही त सोही ठाउँमा बाटोनै ढाकेर माईक्रोहरु बसिरहेका हुन्छ । आजकल रत्नपार्कमा दुबैतिर रहेको आकाशेपुलबाट भन्दा तलबाट जहीतहीबाट बाटो काट्नेहरुको लर्को देखिन्छ । यस्तो हुनुमा पहिलो कुरा त बाटोमा रेलिङ्ग नभएर पनि हो भने अर्को तर्फ जथाभावी बाटो काट्ने व्यक्तिहरुलाई पनि सवारी साधनलाई जरीवाना गरे जस्तै जरीवाना गर्नुपर्छ ।

जमलचोक बाहेक पनि माईतिघर थापाथली कुपण्डोल जावलाखेल बानेश्वर बत्तिसपुतली चावहील माहाराजगञ्ज आदि चोकहरुमा यात्रु ओसार पसार गर्ने सवारी साधनले रोक्न त रोकिएको स्टप बाहेक अन्यत्र सवारी साधन राकेर यात्रु ओराल्ने चढाउने गरेको छ । जसले गर्दा अनावश्यक रुपमा ट्राफिक जाम हुने गरेको पाईएको छ । यसरी जथाभावी सवारी साधन रोकेर यात्रु चढाउने कार्य गर्नेलाई किन ट्राफिक प्रहरीले कारवाही गर्न नसकेको हो । निश्चित ठाउँमा मात्र पनि सवारी रोक्ने पार्किङ्ग गर्ने हो भने केही प्रतिशत भए पनि काठमाडौंको ट्राफिक जाम घटाउन सहयोग पुग्ने थियो । जहाँ यात्रुले हात उठायो त्यही रोक्ने गर्दा सडक अस्त ब्यस्त भईरहेको अवस्था छ भने यात्रुहरु पनि रोक्न निश्चित गरेको ठाउँ सम्म जान अल्छि गरिरहेका छन ।

अर्को कुरा काठमाडौंको सडकमा लेन अनुशासन कायम गराउन ट्रफिक प्रहरीले अहम् भूमिका खेल्नुपर्ने महशुस गरिएको छ । लेन अनुसासन नअपनाउने सवारी चालकहरुलाई कडा कारवाही गर्ने व्यवस्था गराउनु पर्छ । अन्य देशमा हुने लेन अनुशासन नेपालमा किन गराउन नसकिने यसमा त सम्बन्धित पक्षहरुको कडा प्रतिवद्धता अगाडी आउनु पर्छ ।

यसरी मैले माथि भने जस्तै जथाभावी रोक्ने सवारी साधनहरुलाई आजकल त ट्राफिकसँग क्रेन पनि उपलब्ध छ तानेर बग्गीखाना लगेमा सवारी चालकहरुको अराजक व्यवहारमा केही कमी आउँछ जस्तो लागेको छ ।

जावलाखेल चोक नजिकै जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरीको कार्यालय छ । जावलाखेल चोकमा टेम्पु र माईक्रो रोक्नको लागी व्लक पनि बनाईएको छ तर त्यहाँ कहिले पनि कुनै सवारी साधन रोकिने गरेको छैन । न त त्यहाँ कार्यरत ट्राफिक प्रहरीले यसमा चासो दिने गरेको छ । जावलाखेल चोकमा त ट्राफिक प्रहरीले केही काम गरेको देखिदैन । यस्ता जनसरोकारका कुराहरुमा कसले चासो दिने हो । सडक चोकहरुमा तल्ला दर्जाका निर्धा ट्राफिक प्रहरीहरु मात्र खटीएको देखिन्छ । अझ कुनै ठाउँमा त महिला प्रहरी मात्र खटिएका छन । अधिकृत स्तरका इन्सपेक्टरहरु कतै पनि खटिएको देखिदैन । यस्ता ट्राफिक जाम हुने ठाउँहरुमा त अधिकृत लेभलका अधिकारीहरु नियमीत उपस्थित हुन सकेमा ट्राफिक व्यवस्थापन कार्य केही प्रभावकारी हुने थियो भन्ने लागेको छ । हामी सडकमा हिड्ने प्रयोगकर्ताले भोगेको यो समस्यालाई महानगरीय ट्राफिक प्रहरीका प्रमुख भिष्म प्रसाई ज्यूले यदि यस गुनासोलाई पढ्न पाउनु भयो भने ठिकै छ । संचार माध्यमहरुले पनि यस विषयलाई प्राथमिकता साथ सम्पादकीयमा लेख्न सकेमा ध्यानकर्षण गराउन बल मिल्ने थियो भन्ने लागेको छ ।


Post a reply

More Stories Like this
वैदेशिक रोजगारमा स्वास्थ्य परिक्षणमा कमिसन तन्त्र
नेपाल प्रहरीमा मुल्यांकन र बढुवा
मितव्ययीता विदेश भ्रमण सभासद र औषधोपचारको कुरा
नयाँ सरकार र कुटनैतिक पहल
नयाँ सरकार, जनता र राहत

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com