Welcome, Guest Log In Sign Up  

कपिलवस्तुस भगवान डिभिडि विमोचन

rnby rn
Sat Aug 9, 2008 6:28 pm NST

संचार नेपाल प्रा लिको पाँचौ प्रस्तुतिको रुपमा प्रालिले "कपिलवस्तुस भगवान" नाटकको डिभिडि बजारमा ल्याएको छ । चित्तधर हृदय कृत बहुचर्चित बौद्ध महाकाव्य "सुगतसौरभ"को बाह्रौं अध्यायमा समावेश भएको कपिलवस्तुस भगवान कथाको आधारमा तयार पारिएको नाटक शुक्रवार काठमाडौंको प्रज्ञा भवनमा मञ्चन गरिएको थियो भने सोही कार्यक्रममा उक्त डिभिडि विमोचन गरिएको थियो ।

श्रीकला नाट्य समूह ललितपुरको प्रस्तुति रहेको सो नाटक मञ्चनको उद्घाटन कार्यक्रममा श्रदेय गुरुमां धम्मावतीले डिभिडि विमोचन गर्नुभएको थियो । विमोचन पश्चात नाटकको डिभिडि कलाकारहरुलाइ प्रदान गरिएको थियो । उक्त डिभिडि शर्मिला जोशी र मदनसेनको सहयोगमा बजारमा ल्याइएको हो ।

ज्ञानकाजि खिं मानन्धरद्वारा संवाद लिखित कपिलवस्तुस भगवान नाटकको निर्देशन कृष्णभक्त महर्जनले गर्नुभएको हो । स्मरणीय छ, उक्त नाटक पहिलो पटक असार २७ गते मञ्चन भएको थियो । शुक्रवारको यस मञ्चन दोस्रो मञ्चन हो ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com